पाथीभरामा केबलकार : स्थानीयबासीका यी सात माग पूरा हुनुपर्ने पक्षमा योगेश « Khabarhub

पाथीभरामा केबलकार : स्थानीयबासीका यी सात माग पूरा हुनुपर्ने पक्षमा योगेश


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले ताप्लेजुङको पाथीभर केबलकार बन्नुपर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ताप्लेजुङबाट प्रतिनिधिसभाका सदस्यसमेत रहेका भट्टराईले केबलकार निर्माण अघि बढाउने क्रममा स्थानीयलाई कम्पनीले सुविधा उपलब्ध गराउनुपर्ने शर्त राखेका छन् ।

केबलकारका कारण उत्पन्न विवाद र तनावलाई वार्ताबाट समाधान गर्न आग्रह गरेका उनले स्थानीयको सांस्कृतिक अधिकार, आर्थिक अधिकार र धार्मिक भावनाको पनि सम्मान गरिनुपर्नेमा जोड दिएका छन् ।

बुधबार १९ बुँदे वक्तव्य निकाल्दै उनले‘नो केबलकार समूह’ र प्रहरीबीच यही माघ १२ गते भएको झडपका २४ जनाभन्दा बढी घाइतेको नि:शुल्क उपचार गराउन पनि सकारसँग माग गरेका छन् ।

केबलकारबारे योगेशका माग

पहिलो- केबलकार कम्पनीबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व कोष, राजश्व, स्थानीय कर लगायतका आर्थिक कोष परिचालनका लागि स्थानीय तहको नेतृत्वमा आन्दोलनकारीको समेत प्रतिनिधित्व हुने गरी सर्वपक्षीय समिति निर्माण गर्न उपयुक्त हुनेछ । केबलकार निर्माण सम्बन्धमा अनुगमन गर्न अर्को समिति गठन गरी काम कारबाहीलाई सहभागितामूलक तथा पारदर्शी ढंगले अघि बढाउनु पर्दछ ।

दोस्रो- पाथीभरा केबलकार निर्माणलाई निर्वाध रुपमा अघि बढाउँदै निर्माण कम्पनीले उपलब्ध गराउने सामाजिक उत्तरदायित्व कोष र सरकारले थप बजेटको ब्यवस्था गरी स्थानीय संस्कृतिका जर्गेना र सम्बद्धनका लागि मुकुम्लुङ पार्क तथा संग्राहालय निर्माण गरिनुपर्छ । यसका साथै धर्म र संस्कृतिको उत्थानका लागि विभिन्न कृयाकलापहरू अघि बढाउन माग गर्दछु ।

तेस्रो- केबलकार निर्माण पक्षले ताप्लेजुङका ७० वर्षभन्दा माथिका जेष्ठ नागरिक तथा १० वर्षभन्दामुनिका बालबालिका तथा अपाङ्गहरूका लागि नि:शुल्क सेवा दिने घोषणा गर्नु पर्दछ ।

चौथो- प्रभावित क्षेत्रका नागरिकहरूलाई सुलभ शेयरको ब्यवस्था गर्नु पर्दछ ।

पाँचौँ- केबलकारमा रोजगारीको क्षेत्रमा ताप्लेजुङबासीलाई पहिलो प्राथमिकता दिनुपर्दछ ।

छैटौँ- केबलकारको शुल्कमा ताप्लेजुङबासीलाई ५० प्रतिशत सहुलिय दिनु पर्दछ ।

सातौँ- स्थानीय शिक्षा, स्वास्थ्य र रोजगारीमा कम्पनीले ध्यान दिनुपर्दछ ।

योगेशको १९ बुँदे वक्तव्य

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  १ : ५६ बजे

नतिजामुखी भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले मन्त्रालय र मातहतका

कलाकार नारद खतिवडा गठी अरोपमा पक्राउ, ७२ लाखको डिल

काठमाडौं – हाँस्य कलाकार नारद खतिवडा ठगीको आरोपमा पक्राउ परेका

श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन

काठमाडौं- श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिक तथा पीडितले दिएका

हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय

ब्राउनाउ आम इन (अस्ट्रिया)- नाजी नेता एडोल्फ हिटलरको जन्मस्थललाई चरम

हर्मुजमा इरानी नियन्त्रण खतरनाक हुने रुबियोको चेतावनी

मनिला– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम