अमेरिका पठाइदिने प्रलोभन देखाएर जसले ठगे एक करोड रुपैयाँ | Khabarhub Khabarhub

अमेरिका पठाइदिने प्रलोभन देखाएर जसले ठगे एक करोड रुपैयाँ


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रुपमा पुगेका आप्रवासीको भागभाग भइरहेको छ । राष्ट्रपति ट्रम्पले कम्तीमा पनि १४ लाख अवैध आप्रवासीलाई देशबाट निकाल्ने घोषणा गरिसकेका छन् ।

त्यही घोषणाअनुसार नेपाल, भारत र कोलम्बियासहितका देशका नागरिकहरूलाई धमाधम पक्राउ गर्न थालिएको छ । अवैध रुपमा कागजातबिना बसेकाहरूको दशा सुरु भइरहँदा यता अमेरिका नै पठाउने नाममा भइरहेको ठगी पनि उस्तै छ ।

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु भन्दै एक करोड भन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई कञ्चनपुरबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ निवासी २५ वर्षीय भुवन कार्की छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेर हिरासतमा लिएको हो ।

उनले बेरोजगार युवा-युवतीलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनले अमेरिका पठाइदिने भन्दै अहिलेसम्म एक करोड रुपैयाँ संकलन गरेको आचार्यले बताएका छन्। आकर्षक तलब-सुविधाको लोभ देखाएर रकम संकलनपछि कार्की भागेका थिए ।

सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए। कार्कीलाई थप अनुसन्धान र कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको आचार्यले बताए ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  २ : ३३ बजे

गड्डाचौकी नाकाबाट आउने विदेशी पर्यटक बढ्दै

कञ्चनपुर– छिमेकी मुलुक भारतसँग जोडिएको पश्चिमी सीमानाका गड्डाचौकी भएर नेपाल

जेन-जी आन्दोलन : घाइतेको स्वास्थ्यस्थिति बुझ्न शिक्षामन्त्री अस्पतालमा

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आज ट्रमा सेन्टर

‘इरान र अन्तर्राष्ट्रिय परमाणु उर्जा निकायबीचको सहमति संकटमा’

एजेन्सी– संयुक्त राष्ट्रसङ्घले पुनः प्रतिबन्ध लागू गरेमा, इरान र अन्तर्राष्ट्रिय

वर्तमान सरकार जनताको मतबाट आएको हैन : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान

आइतबार एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आइतबार दिउँसो १