सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना « Khabarhub

सिँचाइ गर्न सोलार वाटर लिफ्टिङ आयोजना


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

खोटाङ– हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारस्थित दाल्फुका ३२ घरका स्थानीयको खेतबारी सिञ्चित गर्न सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको छ । 

स्थानीय फिर्कुखोलाको पानी साविकको च्यास्मीटार–४ दाल्फुमा निकालेर खेतबारी सिञ्चित गर्ने गरी ‘च्यास्मीटार सोलार वाटर लिफ्टिङ आयोजना’को काम अघि बढाइएको हो ।

सुक्खाग्रस्त क्षेत्रमा पर्ने दाल्फुमा सिँचाइको व्यवस्थापन गर्दै स्थानीयको जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले फिर्कुखोलाको पानी गाउँमा निकाल्न सोलार वाटर लिफ्टिङ आयोजना सञ्चालन गरिएको हलेसी तुवाचुङका नगर प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। 

युएनडिपी-जिइएफअन्तर्गतको जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजनामार्फत प्राप्त भएको रु एक करोड ६९ लाख १३ हजार चार सय १५ बजेटमा सोलार वाटर लिफ्टिङ आयोजनाको काम सुरु गरिएको हो । 

सम्झौता गरेको मितिले तीन महिनाभित्र सम्पन्न गर्ने गरी सुरुआत गरिएको सोलार वाटर लिफ्टिङ आयोजनाको शिलान्यास यही माघ १४ गते नगरप्रमुख विमला राईले गरेका थिए । विसं २०८१ फागुन १६ गतेसम्ममा निर्माणको काम सम्पन्न गरेर पानी सञ्चालन गर्ने गरी ठेकेदार कम्पनी सूर्योदय ऊर्जा प्रालिले विसं २०८१ मङ्सिर ४ गते आयोजनाको ठेक्का सम्झौता गरेको थियो ।

सोलार वाटर लिफ्टिङ आयोजना सम्पन्न भएर सञ्चालनमा आएपछि दाल्फुका स्थानीयको खेत तथा बारी गरी करिब पाँच सय रोपनी सिञ्चित हुने जलाधारमा आधारित जलवायु उत्थानशील जीविकोपार्जन आयोजना अधिकृत सिभिल इन्जिनियर अष्टराम छुकांले जानकारी दिए ।

 गाउँभन्दा करिब एक हजार दुई सय मिटर तल रहेको फिर्कुखोलाको पानी लिफ्ट गर्नका लागि खोलादेखि गाउँको बीचमा तीन भिन्नाभिन्नै रिजर्भ (सङ्कलन गर्न मिल्ने)ट्याङ्की निर्माण गर्ने डिजाइन गरिएको छ । 

खोलाबाट पहिलो र दोस्रो ट्याङ्कीसम्म सोलारबाट पानी लिफ्ट गरेर निकालिने प्राविधिक अनुमानमा उल्लेख छ । दोस्रो ट्याङ्कीबाट तेस्रो ट्याङ्कीमा लिफ्ट गरेर पानी निकाल्नका लागि भने राष्ट्रिय प्रसारण लाइनको विद्युत् उपयोग गरिने आयोजना अधिकृत छुकांले जानकारी दिए । 

दोस्रो ट्याङ्कीबाट तेस्रो ट्याङ्कीमा पानी निकाल्न आवश्यक विद्युत्को व्यवस्थापन भने नगरपालिकाले गर्ने सहमति भएको छ । सिँचाइका लागि लिफ्ट गरेर निकालिने पानी खानका लागिसमेत उपयुक्त हुने जनाइएको छ । 

सिँचाइ अभावमा मकै तथा कोदोखेती मात्रै गर्दै आएका दाल्फुवासी आयोजनाका कारण बाह्रै महिना आफ्नो खेतबारी सिञ्चित हुने भएपछि हर्षित भएका छन् । खोला तथा कुवाबाट बोकेर ल्याएको पानी उपभोग गर्दै आएका दाल्फुवासीमा लामो समयअघिदेखि खानेपानीको समेत समस्या रहेको छ । 

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने च्यास्मिटारका साथै नगरपालिकाभित्र सबै वडामा खानेपानीको समस्या रहेको छ ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ०१ बजे

उदयपुरमा भेटिएको शंकास्पद वस्तु नष्ट गरियो

उदयपुर – जिल्लाको चौदण्डीगढी नगरपालिका–२ लाटीखोलास्थित मदन भण्डारी सडकमार्गमा फेला

इजरायल–अमेरिकी आक्रमण : इरानको नयाँ सर्वोच्च नेता चयन गर्ने भवन निशानामा

तेहरान – इजरायल र अमेरिकाले मङ्गलबार इरानको नयाँ सर्वोच्च नेता

निर्वाचनविरोधी गतिविधि गर्ने १७६ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त

काठमाडौं – देशभरबाट निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेका १७६ जनालाई पक्राउ

मध्यपूर्वको तनावले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्नेमा चिन्ता

काठमाडौं – इजरायल–अमेरिका र इरानबीचको तनावले नेपालको समग्र अर्थतन्त्रमा नकारात्मक

खोटाङमा मतगणनास्थल निर्माण

खोटाङ – खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतगणनास्थल तयार पारेको