अमेरिकाबाट निष्कासित हुने १४ लाखमध्ये १३ सय ६५ नेपाली, धमाधम पक्राउ पर्दै अवैध आप्रवासी « Khabarhub

अमेरिकाबाट निष्कासित हुने १४ लाखमध्ये १३ सय ६५ नेपाली, धमाधम पक्राउ पर्दै अवैध आप्रवासी


१६ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनवरी २० मा अमेरिकाको ४७ औँ राष्ट्रपति बनेसँगै डोनाल्ड ट्रम्पले अवैध रुपमा आएका आप्रवासीको मनमा ढ्यांग्रो बजाइसकेका छन् ।

कागजातबिना बसेका लाखौँ आप्रवासीलाई कुनै पनि हालतमा निकालिछाड्ने अठोट लिएका ट्रम्पको निर्देशनपछि देशभर धरपकड अभियान चलाइएको छ ।

अहिलेसम्म अमेरिकाले १४ लाखभन्दा बढी अवैध आप्रवासीलाई स्वदेश फर्काउने प्रक्रिया थालिसकेको छ। अमेरिकास्थित अध्यागमन विभागले सार्वजनिक गरेको विवरणअनुसार संसारभरका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीलाई निकालिँदैछ ।

यसरी निकालिनेहरूको सूचीमा एक हजार ३६५ जना नेपाली रहेका छन् । यो सूचीमा १७ हजार ९४० जना भारतीय छन् । उता चीनका भारतकोभन्दा दोब्बर अर्थात् ३७ हजार ९०८ जना छन् ।

दक्षिण एसियाको अर्को मुलुक बंगलादेशका चार हजार ८३७ जना भुटानका १२२ जना पाकिस्तानका सात हजार ७६० जना र श्रीलंकन तीन हजार ६५ जना छन्।

ट्रम्पको अभियानका कारण संसारभरबाट करोडौं खर्च गरेर अमेरिका छिरेका आप्रवासीको बिजोग हुने निश्चित भएको छ । अमेरिकी अध्यागमन तथा सीमा सुरक्षा अधिकारीलाई ट्रम्प प्रशासनले कागजातविहीन आप्रवासीलाई पक्राउ गर्ने क्रम तीव्र बनाउन भनिसकेको छ।

अहिले अमेरिकामा दैनिक सय हाराहारीमा आप्रवासी पक्राउ पर्दैछन् । अब त्यो संख्या बढाएर दैनिक १५ सयसम्म पुर्‍याउने योजना छ ।

आइतबारमात्रै अमेरिकी इमिग्रेशन एन्ड कस्टम इन्फोर्समेन्ट विभाग (आइस) ले ९५६ जना अवैध आप्रवासीलाई पक्राउ गरेको थियो । शनिबारको तुलानमा यो अत्यधिक हो । शनिबार आइसले २८६ जना र शुक्रबार ५९३ जनालाई पक्राउ गरेको थियो । गत बिहीबार ५३८ जना समातिएका थिए ।

ट्रम्प प्रशासनले हरेक क्षेत्रीय कार्यालयका लागि दैनिक ७५ जना अवैध आप्रवासीलाई पक्राउ गर्न निर्देशन दिएको छ । दिइएको लक्ष्य पूरा नगरे अधिकारीहरू कारबाहीमा पर्नेछन् ।

यसअघि विद्यालय, अस्पताल, र मठमन्दिरसहितका संवेदनशील क्षेत्रमा पक्राउ नगर्ने पुरानो नीति पनि खारेज गरिएको छ । यी क्षेत्रबाट पनि अब अब कागजात नभएका आप्रवासी समातिने छन् । ट्रम्प प्रशासनले अमेरिका आएको दुई वर्ष नपुगेका आप्रवासीलाई पक्राउ गरी देशनिकाला गर्ने नियम पनि ल्याएको छ ।

ट्रम्प प्रशासनले आइस अधिकारीहरूलाई चौबीसै घण्टा पक्राउ अभियान चलाउन निर्देशन दिइसकेको छ । आइस अधिकारीहरूको बिदासमेत रद्द गरेर पक्राउ अभियानमा लाग्न भनिएको हो ।

प्रकाशित मिति : १६ माघ २०८१, बुधबार  ५ : ५५ बजे

चुनाव हारे पनि विष्णु रिमालको ‘कमब्याक’: नीति प्रतिष्ठानको अध्यक्षका रूपमा सचिवालय बैठकमा ‘इन्ट्री’

​काठमाडौँ- नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशनमा पदाधिकारी र केन्द्रीय

भेनेजुएलामाथि अमेरिकी दमनमा सरकारको अभिव्यक्तिप्रति बाबुरामको आपत्ति

काठमाडौँ- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकी दमनको सन्दर्भमा नेपाल

नदी किनाराको मापदण्डबारे फैसला पुनरावलोकन मुद्दामा सर्वोच्चले झिकायो कागजात

काठमाडौं– सर्वोच्च अदालतले नदी किनारको मापदण्डसम्बन्धी फैसला पुनरावलोकन गर्न माग

सूचना प्रविधि र सामाजिक सञ्जाललाई एमालेले मुख्य हतियार बनाउने

काठमाडौं – नेकपा (एमाले)ले सूचना प्रविधिको प्रयोगलाई पार्टीको अनिवार्य कार्यक्षेत्र

एमालेको ‘प्रतिरोधी’रणनीतिः राष्ट्रिय स्वयंसेवक फोर्स र टोल सुरक्षा समिति बनाउने

​काठमाडौं – पार्टी र नेतृत्व विरुद्ध भइरहेको घेराबन्दी र ‘भदौ