आज २०८१ साल चैत १६ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत १६ गते शनिबारको राशिफल


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत १६ गते शनिबार चैत कृष्ण पक्षको औंसी तिथि। घोडे जात्रा। तदनुसार सन् २०२५ मार्च २९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। १२ औँ स्थानमा खराब ग्रह पुगेकाले लगानी गर्दा सचेत बन्नुपर्नेछ। विपक्षीको विरोधको आवाज सुन्नुपर्नेछ। परिवारसँगको सम्बन्ध सुधार हुनेछ।

वृष : दिन राम्रो छ। बोलीको प्रभावले राम्रो काम बन्नेछ। बोलीलाई परोपकारमा प्रयोग गर्नुपर्नेछ। सम्पत्ति खर्च भए पनि इज्जतको प्रशंसा हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीका कारण विवाद बढ्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। धार्मिक व्यक्तिसँगको भेटले सिर्जनात्मक क्षमता बढ्नेछ। परिवारसँग सचेत बन्नुपर्नेछ। व्यवहार गर्दा तीन पटक सोच्नुपर्ने दिन छ।

कर्कट : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको मूल्य प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। रोगबाट छुटकारा पाउने योग छ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

सिंह : मन अशान्त बन्ने जोखिम छ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने दिन छ। योजना सफल पार्न धैर्यताको खाँचो देखिन्छ। राज्यका तर्फबाट सेवाकोअवसर मिल्नेछ।

कन्या : परिवारमा रमाइलो गर्ने अवसर मिल्नेछ। विपक्षी शान्त रहेकाले तपाईंले सुरुवात गरेको काम सफल बन्नेछ। स्वास्थ्यमा सुधारको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अरुले लिने जोखिम छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : बौद्धिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। साथीसँगको वार्ताले घरमा विवादा बढ्ने भएकाले सचेत भएर बोल्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुदृढ बन्नेछ।

धनु : दिन सामान्य छ। तपाईंले गरेको श्रमको जस अरुले लिने जोखिम छ। ठूलो योजनाको सुरुवात नगर्नु उचित हुनेछ।
परिवारमा बढी प्रेम देखाउँदा घाटा हुने जोखिम छ।

मकर : दिन सामान्य छ। सहकार्य गरेर लगानी गरेमा व्यापारमा फाइदा हुनेछ। दाजुभाइसँगको सकार्यमा अगाडि बढेमा फाइदा हुेनछ। विपक्षी साथीको प्रशंसा सुन्नुपर्नेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

कुम्भ : धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। बौद्धिक व्यक्तिसँग नम्र भएर व्यवहार गर्नु उचित हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्रप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : तपाईंको राशिमा चन्द्रमा पुगेकाले महत्त्वपूर्ण कामको सुरुवात हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। साथीको साथ मिल्नेछ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ०४ बजे

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

पर्वत– पर्वत, स्याङजा र गुल्मीको सङ्गम स्थलमा रहेको विश्वकै ठुलो

दुर्गम क्षेत्र र पछाडि पारिएको समुदायबाट एसईई गरेका दुई जनालाई छात्रवृत्तिमा पढाइने

काठमाडौं– नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले दुर्गम क्षेत्र र पछाडि

मोटरसाइकलको ठक्करबाट घाइते वृद्धको मृत्यु

काठमाडौं– काठमाडौँको तारकेश्वर नगरपालिका–८ शिवमन्दिर सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते

गोमालाई मीनबहादुरले गरे एक लाखसहित सम्मान, एमबीबीएससम्म पढाइदिने

काठमाडौं- भक्तपुरस्थित एक इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमा श्रेष्ठलाई

ललितपुर महानगर पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा

पाटन– ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह घोषणा भएको छ