यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपियाँ ४६ पैसा र बिक्रीदर १३७ रुपियाँ ०६ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिदर १४६ रुपियाँ ९९ पैसा र बिक्रीदर १४७ रुपियाँ ६३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपियाँ ४२ पैसा र बिक्रीदर १७७ रुपियाँ १९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ५१ पैसा र बिक्रीदर १५५ रुपियाँ १९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ८६ पैसा र बिक्रीदर ८६ रुपियाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपियाँ २४ पैसा र बिक्रीदर ९५ रुपियाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६६ पैसा र बिक्रीदर १०२ रुपियाँ १० पैसा निर्धारण गरिएको छ।

जापानी येन १० को खरिदर नौ रुपियाँ ०५ पैसा र बिक्रीदर नौ रुपियाँ ०९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३८ पैसा र बिक्रीदर ३६ रुपियाँ ५४ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४४ पैसा र बिक्रीदर ३७ रुपियाँ ६० पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०१ पैसा र बिक्रीदर चार रुपियाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १५ पैसा र बिक्रीदर ३७ रुपियाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ७५ पैसा र बिक्रीदर ३० रुपियाँ ८९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ २९ पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ५७ पैसा र बिक्रीदर १३ रुपियाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ७० पैसा र बिक्रीदर १९ रुपियाँ ७९ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५१ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४५ पैसा, बहराइन दिनार एकको खरिददर ३६१ रुपियाँ ९७ पैसा र बिक्रीदर ३६३ रुपियाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ४६ पैसा र बिक्रीदर ३५६ रुपियाँ ०२ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकता अनुसार जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ३२ बजे

हाम्रो पार्टी रास्वपापछिको बलियो राजनीतिक विकल्पका रूपमा हेरिँदै छ : ध्रुवराज राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई राष्ट्रिय

प्रधानमन्त्री राष्ट्रसंघमा जान तयार : सरकारले थाल्यो तयारी, भोटेकोशी बाढी र जलवायु परिवर्तन मुख्य मुद्दा

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन जाने

बाढीपीडितलाई पूर्व प्रधानन्यायाधीश श्रेष्ठद्वारा राहत वितरण : जलवायु न्यायका लागि विश्वसँग आवाज उठाउनुपर्नेमा जोड

नुवाकोट– भोटेकोशी नदीको बाढीबाट प्रभावित भई ज्यान गुमाएका तथा विस्थापित भएका

हिजबुल्लाहको ड्रोन आक्रमणपछि दक्षिणी लेबनानमा इजरायलको जवाफी कारबाही

बेरुत- हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली

विदेशबाट बाढी पीडितलाई सहयोग दिनेका लागि छुट्टै खाता चलाउन निर्देशन

काठमाडौं- सरकारले विदेशस्थित नेपाली नियोगहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा