घरेलु मैदानमै आरसिबीसँग चेन्नाई पराजित : नवौं क्रममा धोनीको हेर्न लायक ब्याटिङ | Khabarhub Khabarhub

घरेलु मैदानमै आरसिबीसँग चेन्नाई पराजित : नवौं क्रममा धोनीको हेर्न लायक ब्याटिङ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर बंग्लोरु (आरसिबी)ले उत्कृष्ट प्रदर्शन कायम नै राखेको छ । आरसिबीले शुक्रबार भएको खेलमा चेन्नाई सुपर किङलाई ५० रनले हरायो ।

१९७ रनको लक्ष्य पछ्याएको चेन्नाई ८ विकेट गुमाउँदै १४६ रनमा सीमित भयो । चेन्नाईका रचिन रविन्द्रले ३१ बलमा ४१ रन जोड्नु बाहेक शीर्ष क्रमका चार ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नवौँ क्रममा ब्याटिङ गरेका महेन्द्र सिंह धोनीले १६ बलमा ३० रन जोडे । रवीन्द्र जडेजाले २५ रन जोडे ।

चेन्नाईमा जोस हजेलउडले चार ओभरमा २१ रन खर्चेर तीन विकेट लिए । यसैगरी यस दयाल र लियाम लिभिङस्टोनले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबीले सात विकेटको क्षतिमा १९६ रन बनाएको थियो । उसका लागि कप्तान रजत पाटीदरले ३२ बलमा ५१ रन जोडे । उनको पारीमा चार चौका र तीन छक्का समावेश थियो । पाटिदरको क्याच चेन्नाईले तीन पटक मिस गरेको थियो । चेन्नाईका कप्तान ऋतुराज गाइक्वाड त्यो नै हारको मुख्य कारण भएको बताउँछन् । पाटिदर खेलको म्यान अफ द म्याच बने ।

फिल साल्टले १६ बलमा ३२ रन जोडे भने विराट कोहलीले धिमा गतिमा रन बटुल्ने क्रममा ३० बलमा ३१ रन बनाए ।

टिक डेभिडले ८ बलमा २२ रन जोडे । उनले २० औँ ओभरमा साम कुरानलाई लगातार तीन छक्का प्रहार गरे । यसअघिको खेलमा छाएका नुर अहमदले दोस्रो खेलमा ३६ रन खर्चेर तीन विकेट लिए । सन् २००८ यता चेन्नाई आरसिबीसँग घरेलु भूमिमा हारेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ५१ बजे

सरकारसँग वार्तामा बस्न तयार भए प्रसाईँ, सीडीओमार्फत गृहमन्त्रीलाई पठाए पत्र

काठमाडौँ– मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक

बार्सिलोनाविरुद्ध पहिलो हाफमा रियल म्याड्रिडको अग्रता

काठमाडौं – स्पेनको चर्चित ‘एल क्लासिको’मा रियल म्याड्रिडले पहिलो हाफ

दुर्गम क्षेत्रमा सञ्चारको पहुँच पुर्‍याउन सञ्चारमन्त्रीसमक्ष अनुरोध

काठमाडौं – हुम्ला र मनाङको दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच पु¥याउनका

पाँच वर्षपछि भारत र चीनबीच उडान सुरु

काठमाडौं- विश्वका दुई सबैभन्दा बढी जनसंख्या भएका छिमेकी देशहरू भारत

सुखीपुर नगरपालिका–६ का वडाध्यक्ष रामेश्वर साहको निधन

सिरहा – सुखीपुर नगरपालिका–६ का निर्वाचित वडाध्यक्ष रामेश्वर साहको निधन