अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त « Khabarhub

अर्जेन्टिनासँगको हारपछि ब्राजिलका प्रशिक्षक बर्खास्त


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अर्जेन्टिनासँगको विश्वकप छनोट फुटबलमा ४–१ को पराजयपछि ब्राजिलले प्रशिक्षक डोरिभल जुनियरलाई बर्खास्त गरेको छ।

सन् २०२४ को जनवरीदेखि उनले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हालेका थिए। इङ्गल्यान्डसँगको पहिलो मैत्रीपूर्ण खेलमा १-० को सफलता दिलाएका उनको कार्यकालमा ब्राजिलले ७ खेलमा जित हात पारेको थियो भने ६ बराबरी गर्नुका ३ खेलमा पराजयको सामना गरेको थियो।

विश्वकपमा छनोट भइरहेको अर्जेन्टिनासँग भएको फराकिलो हारपछि उनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षकको खोजी सुरु गरिएको हो।

खेलाडीको रूपमा राष्ट्रिय टोलीबाट कहिले पनि नखेलेका डोरिभलले प्रशिक्षकको रूपमा सन् २०२२ मा फ्लेमिङ्गोलाई कोपा लिबरटाडारेस कपको उपाधि दिलाएका थिए।

ब्राजिलियन सञ्चार माध्यमका अनुसार अल हिलालका प्रशिक्षक जर्ग जेससको सम्भावना बढी छ।

ब्राजिलियन फुटबल महासङ्घले डोरिभललाई टोलीको जिम्मेवारी दिनु अघि रियल म्याड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोटी ल्याउने असफल प्रयास गरेको थियो।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : २६ बजे

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार

राष्ट्रपति पौडेलबाट बङ्गलादेशका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल इस्लाम

देशभर मनसुन सक्रिय, यी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पहिरोले देशका विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

सम्बन्ध विच्छेदका मुद्दा उच्च

पाँचथर– जिल्ला अदालत पाँचथरमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी मुद्दा