तीनकुने घटनाबारे कमल थापाका आधा दर्जन प्रश्न  « Khabarhub

तीनकुने घटनाबारे कमल थापाका आधा दर्जन प्रश्न 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


5.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा भएको घटनालाई लिएर प्रश्नैप्रश्न उठाएका छन् । 

उनले शनिबार प्रेस विज्ञप्ति जारी गरेर राजावादीको आन्दोलन उग्र हुँदै गएपछि भएको आगजनी र तोडफोडप्रति निन्दा गर्दै आन्दोलनकेन्द्रित आधा दर्जन प्रश्न गरेका हुन् ।   

‘पार्टी कार्यालय, निजी घर, सुपर मार्केट र सरकारी कार्यालयमा भएको तोडफोड र आगजनी निन्दनीय छ,’ अध्यक्ष थापाले भनेका छन्, ‘तर, हिजोको घटनाको सन्दर्भमा केही गम्भीर प्रश्नहरू पनि छन् ।’ 

यी हुन् थापाका सात प्रश्न
– निजी घरमा पसेर प्रहरीले जुलुसमा किन अन्धाधुन्ध अश्रुग्यास प्रहार ग¥यो ? 
– कार्यक्रम सुरु हुनुअगावै मञ्चमा किन अश्रुग्यास प्रहार गरियो ?
– सामान्य झडप हुँदा किन अनावश्यक बल प्रयोग गरेर भिडलाई उत्तेजित बनाउने काम भयो ? 
– परिस्थिति जटिल छ भन्ने पूर्व सूचना हुँदाहुँदै किन आवश्यक सतर्कता अपनाइएन रु 
– राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको अभियानलाई बदनाम गर्न र तुहाउन कहीँ कतैबाट षड्यन्त्र त भएको थिएन ? 
– आन्दोलनलाई अराजक बनाउने सरकारी वा अन्य कसैको नियोजित प्रयास त होइन ?

राप्रपा नेपालका अध्यक्ष थापाले शुक्रबार राजावादीको प्रदर्शनका क्रममा भएका अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै हिंसा र अराजक गतिविधि समर्थन गर्न नसकिने प्रष्टिकरण पनि दिएका छन् ।   

‘चैत १५ गते काठमाडौंमा प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरू दुःखद छन् । कुनै पनि बहानामा हुने हिंसा र अराजक गतिविधि समर्थन गर्न सकिन्न,’ उनले भनेका छन्, ‘प्रहरीको गोलीबाट सविन महर्जनको निधन हुनु र प्रदर्शनकारीहरूले आगो लगाइदिएको घरमा जलेर पत्रकार सुरेश रजकको मृत्यु हुनु जघन्य अपराध हुन् । यो घटनाको निष्पक्ष छानविन हुनुपर्छ र दोषीलाई कारबाही गर्नैपर्छ ।’

शुक्रबारको घटनालाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई जोड्न खोज्नु सर्वथा अनुपयुक्त र अनावश्यक भएको अध्यक्ष थापको भनाइ छ ।  उनले प्रहरीको हिरासत र नजरबन्दमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा, राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति नवराज सुवेदी र प्रवक्ता स्वागत नेपाललगायतलाई तत्काल रिहा गर्न माग पनि गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : १५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको