पत्रकार हत्याविरुद्ध सुर्खेतमा विरोधसभा « Khabarhub

पत्रकार हत्याविरुद्ध सुर्खेतमा विरोधसभा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– राजसंस्थाको पुर्नस्थापनाको माग राख्दै शुक्रबार भएको प्रदर्शनका क्रममा पत्रकार र सञ्चार माध्यममा भएको आक्रमणविरुद्ध नेपाल पत्रकार महासङ्घ सुर्खेत शाखाको अगुवाईमा सुर्खेतस्थित पत्रकारहरूले विरोधसभा गरेका छन् । पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

शुक्रबार भएको राजावादीनिकटको आन्दोलनले हिंसाको रूप लिएको पत्रकार महासंघ सुर्खेत शाखाले ठहर गरेको छ । व्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा भएको आन्दोलनमा सहभागी समूहले शुक्रबार तीनकुनेमा गरेको आगजनीमा परी रिपोर्टिङमा खटिएका एभिन्युज टेलिभिजनका फोटो पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो ।

त्यस्तै विभिन्न सन्चार गृहको भवनमा आगो लगाउने, हुलहुज्जत गरेर भवनभित्र प्रवेश गर्न नपाएपछि ढुंगा हान्ने, सवारी साधन तोडफोड गर्ने र सञ्चारकर्मीलाई आतंकित तुल्याउने काम भएको भन्दै सुर्खेतस्थित पत्रकारहरूले उक्त घटनामा संलग्नमाथि कानुनी कारबाहीको समेत माग गरेका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १२ : ३० बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको