महासङ्घद्वारा हिंस्रक गतिविधिको निन्दा, क्षतिपूर्ति माग | Khabarhub Khabarhub

महासङ्घद्वारा हिंस्रक गतिविधिको निन्दा, क्षतिपूर्ति माग


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई) र नेपाल उद्योग तथा व्यवसाय महासङ्घले शुक्रबार स्थानीय तीनकुनेमा भएको हिंस्रक घटनाको निन्दा गर्दै त्यसबाट भएको क्षतिको परिपूर्ति हुनुपर्ने माग गरेका छन् । 

दुवै महासङ्घले बेग्लाबेग्लै विज्ञप्ति निकालेर दोषीमाथि कारबाहीको माग पनि गरेका छन् । उनीहरूले विभिन्न माग राखी हुने  आन्दोलन तथा प्रदर्शन र त्यसबाट सर्वसाधारण एवं उद्यमी व्यवसायीको पेशा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनका साथै निजी तथा सार्वजनिक सम्पत्तिमाथि हुने आक्रमण, लुटपाट, आगजनीलगायत गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

यही चैत १५ गते उक्त स्थानमा भएको आन्दोलनका क्रममा मानवीय क्षतिसँगै धनजनको क्षति भएकामा दुःख व्यक्त गर्दै एफएनसिसिआईले सर्वसाधारणको निजी जायजेथा, मिडिया हाउस, व्यावसायिक प्रतिष्ठानहरूको सम्पत्ति, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा आक्रमण, आगजनी, लुटपाटलगायत हिंस्रक घटनाबाट क्षति भएकामा त्यसको भर्त्सना गर्दै क्षतिपूर्तिको माग गरेको छ । 

‘संविधानप्रदत्त अधिकारभित्र रहेर आफ्ना माग राख्न पाइए पनि हिंस्रक आन्दोलन एवं प्रदर्शनका साथै लुटपाट, आगजनी, धनजनको क्षति र व्यक्तिगत सम्पत्ति माथिको आक्रमण निन्दनीय छ । कुनै पनि स्वरूपमा हुने यस प्रकारका घटनाप्रति नेपाल उद्योग वाणिज्य महासङ्घ घोर निन्दा र भत्सर्ना गर्दछ । साथै महासङ्घ सार्वजनिक सुरक्षा सुनिश्चित गर्न र यस्ता घटनाहरूको पुनरावृत्ति रोक्न सम्बन्धित सबैमा आग्रह गर्दछ,’ महासङ्घले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

यसैबीच, नेपाल उद्योग तथा व्यवसाय महासङ्घले पनि आज एक विज्ञप्ति निकालेर विगतदेखि नै देशका उद्योगी– व्यवसायीमाथि आक्रमण गर्दै वित्तीय सङ्घसंस्थालाई ध्वस्त बनाई मुलुकको अर्थव्यवस्थालाई अप्ठ्यारो पार्न आक्रमण भएका, ती आक्रमणको उद्देश्य उद्योगी–व्यवसायी र आम जनतालाई आर्थिक रुपमा कमजोर बनाई राज्यलाई नै असफल बनाउने कुत्सित प्रयत्न भएको भन्दै त्यस्ता गतिविधिको निन्दा गरेको छ । 

शुक्रबार दिउँसो भएको तीनकुने तथा कोटेश्वरलगायत स्थानमा भएका आपराधिक गतिविधिको निन्दा गर्दै महासङ्घले स्वच्छ, पारदर्शी एवं भयरहित वातावरणमा व्यवसाय गर्ने वातावरण निर्माण गर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । 

‘यस्ता गतिविधिहरूको विरुद्ध सचेत हुँदै व्यावसायिक जगत् र जनसमुदायको जनधनको सुरक्षाका लागि सम्पूर्ण सरोकारवाला पक्षलाई सचेत हुन महासङ्घ हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ  ।

 साथै महासङ्घले शुक्रबारको घटनामा संलग्न सम्पूर्णलाई कानुनी दायरामा ल्याई तत्काल कारबाही गर्न, शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थाका निम्ति सरकारलाई आग्रह गरेको छ । महासङ्घले गणतन्त्रको रक्षा र सुदृढीकरणका लागि  सबै उद्योगी व्यवसायीलाई सक्रिय रहन अनुरोध पनि गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १ : ०२ बजे

विद्युत प्राधिकरणले खाल्डो पुर्न बिर्सँदा…(तस्बिरहरू)

काठमाडौँ – नेतृत्व फेरिएसँगै तारन्तार बिजुली काटेर लोडसेडिङजस्तै स्थिति निम्त्याएको

सुदूरपश्चिम सरकारले केबुलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रमा केबुलकार

बाजुरामा खोलाले बगाउँदा एक जना बेपत्ता

बाजुरा– गौमूल गाउँपालिकामा खोलाले बगाएर आज एक जना बेपत्ता भएका

बजेट विनियोजनमा सांसदको असन्तुष्टि

काठमाडौं– सांसदहरूले बजेट विनियोजनका सन्दर्भमा असन्तुष्टि प्रकट गरेका छन् ।

‘आयोजना बैंकका नाममा मन्त्री नै बिचौलिया भए’

सुर्खेत– कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको