म्यानमा भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो  « Khabarhub

म्यानमा भूकम्प : ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघ्यो 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

म्यान्मा– म्यान्माको सागिङ सहरमा केन्द्रबिन्दु भई म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार एक हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।  

मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको परकम्प आएको थियो ।  

भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको थियो ।

म्यान्मामा कम्तीमा एक हजार दुई जनाको मृत्यु भएको र करिब दुई हजार ४०० जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैंककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ ।

भुकम्पका कारण सञ्चार प्रणाली  अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्यांक सरकारले सार्वजनिक गरिरहेको छ  भने मृतकको सङ्ख्या  अझै बढ्ने आशंका गरिएको छ । 

विमानस्थल तथा सडकहरू बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्‍याउने काममा समेत समस्या भइरहेको जनाइएको छ । 
 

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १ : १५ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान