ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने योग्यता छैन : देउवा  « Khabarhub

ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने योग्यता छैन : देउवा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गरेका छन् । 

नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको ८औँ राष्ट्रिय अधिवेशनको उद्‌घाटन समारोहमा उनले यस्तो दाबी गरेका हुन् । ‘गणतन्त्र उन (पूर्वराजा)ले चाहे पनि हट्नेवाला छैन,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हाम्रो पार्टी, देश एक छ, गणतन्त्रको पक्षमा ।’ 

देउवाले पूर्वराजा ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने नियत र योग्यता नै नभएको  टिप्पणी गरे ।

 ‘उनले कहिले पनि संवैधानिक राजा बन्न खोजेका पनि थिएनन् । बन्ने नेचर पनि छैन,’ सभापति देउवाले भने । 

शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक आन्दोलनतर्फ लक्षित गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रप्रति प्रश्न पनि गरे । 

‘हिजोको घटना जसरी हुलहुज्जत भयो । अराजक तरिकाले काठमाडौंमा आक्रमण गर्‍यो । फेरि पुलमाथि पनि आक्रमण भयो,’ देउवाले भने, ‘यो स्पष्ट भएको छ कि पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ?’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १ : १९ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान