ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने योग्यता छैन : देउवा  « Khabarhub

ज्ञानेन्द्रको संवैधानिक राजा बन्ने योग्यता छैन : देउवा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


372
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहले चाहँदैमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था नहट्ने दाबी गरेका छन् । 

नेपाली लेखक संघले लुम्बिनीमा शनिबार आयोजना गरेको ८औँ राष्ट्रिय अधिवेशनको उद्‌घाटन समारोहमा उनले यस्तो दाबी गरेका हुन् । ‘गणतन्त्र उन (पूर्वराजा)ले चाहे पनि हट्नेवाला छैन,’ पूर्वप्रधानमन्त्री देउवाले भने, ‘हाम्रो पार्टी, देश एक छ, गणतन्त्रको पक्षमा ।’ 

देउवाले पूर्वराजा ज्ञानेन्द्रमा संवैधानिक राजा बन्ने नियत र योग्यता नै नभएको  टिप्पणी गरे ।

 ‘उनले कहिले पनि संवैधानिक राजा बन्न खोजेका पनि थिएनन् । बन्ने नेचर पनि छैन,’ सभापति देउवाले भने । 

शुक्रबार तीनकुने क्षेत्रमा राजावादीले गरेको हिंसात्मक आन्दोलनतर्फ लक्षित गर्दै देउवाले पूर्वराजा ज्ञानेन्द्रप्रति प्रश्न पनि गरे । 

‘हिजोको घटना जसरी हुलहुज्जत भयो । अराजक तरिकाले काठमाडौंमा आक्रमण गर्‍यो । फेरि पुलमाथि पनि आक्रमण भयो,’ देउवाले भने, ‘यो स्पष्ट भएको छ कि पूर्वराजा ज्ञानेन्द्र अहिले यस्तो गर्छन् भने राजा भए के गर्लान् ?’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  १ : १९ बजे

एट्लेटिको माथि रियल म्याड्रिडको रोमाञ्चक जित

काठमाडौँ – गएराति भएको खेलमा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक

अमेरिका-इरान तनाव उत्कर्षमा : ट्रम्प चेतावनीको २४ घण्टा मात्र बाँकी

काठमाडौँ – विश्वकै व्यस्त तेल ढुवानी मार्गमध्येको एक ‘होर्मुज’ पुनः

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत

आज २०८२ साल चैत ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ९ गते सोमबार चैत