तीनकुने घटनाको नैतिक जिम्मेवारी गृहले लिनुपर्छ : राजेन्द्र महतो  | Khabarhub Khabarhub

तीनकुने घटनाको नैतिक जिम्मेवारी गृहले लिनुपर्छ : राजेन्द्र महतो 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले चैत १५ गते तीनकुनेमा भएका घटनाको नैतिक जिम्मेवारी गृह प्रशासनले लिनुपर्ने बताएको छ । मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले शनिबार विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनमा भएको सम्पूर्ण घटनाको जिम्मेवारी गृह प्रशासनले लिनुपर्ने बताएका हुन् । 

‘प्रहरीले समयमै अराजक भीड नियन्त्रण गरेको भए यो त्रासदीपूर्ण घटना हुनबाट रोकिन सकिन्थ्यो । यसको सम्पूर्ण नैतिक जिम्मेवारी गृह प्रशासनले लिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘र, घटनाको निष्पक्ष छानबिन गरी यसमा जोडिएका सबै अपराधीहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्छ ।’

तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरूद्वारा आयोजित कार्यक्रमलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा उपयुक्त मान्न नसकिने पनि अध्यक्ष महतोले उल्लेख गरेका छन् ।

 ‘जनप्रदर्शनको नाममा सङ्गठित हिंसा, आगजनी, लुटपाट र अराजकताले देशलाई नै मर्माहत बनायो भने लोकतन्त्र र शान्तिपूर्ण आन्दोलनको मर्यादामाथि पनि ठेस पुर्याएको छ,’ उनले भनेका छन् । 

राष्ट्रिय मुक्ति पार्टीले शुक्रबारको घटना पुनरावृत्ति नहोस् भन्दै राज्यले पीडित परिवारहरूलाई तत्काल क्षतिपूर्ति र न्याय दिन सक्नुपर्नेमा जोड दिएको छ । उसले जनताको आक्रोशलाई बुझ्न र शान्तिपूर्ण समाधान खोज्नु राज्यको कर्तव्य भएको पनि स्मरण गराएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ०१ बजे

प्रचण्ड कप भलिबल मंगलबारबाट पोखरामा हुने  

पोखरा– नेसनल स्पोट्र्स एकेडेमीले पोखरामा प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता

अर्थसंक्षेप : भन्सार-पानी जहाज विधेयक पारित, सहरी विकासमा धेरै बजेटबारे वर्षमानको आशंका र २३ अंकले बढ्यो नेप्से

राष्ट्रियसभाबाट पानी जहाज विधेयक, २०८१ पारित राष्ट्रियसभाबाट पानीजहाज (सञ्चालन तथा

भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सचेतक परियार

काठमाडौं– रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको

‘प्रतिपक्षीको आग्रहमा संसद् बैठक दुई दिनपछि सारिएको हो’

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिपक्षीको आग्रहमा संसद्

लोकतन्त्रका उपलब्धि स्वीकार गर्न नसक्नेले भ्रामक प्रचार गरिरहेका छन् : महासचिव पोखरेल 

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको उपलब्धिलाई