तीनकुने घटनाको नैतिक जिम्मेवारी गृहले लिनुपर्छ : राजेन्द्र महतो  « Khabarhub

तीनकुने घटनाको नैतिक जिम्मेवारी गृहले लिनुपर्छ : राजेन्द्र महतो 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


693
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मुक्ति पार्टी नेपालले चैत १५ गते तीनकुनेमा भएका घटनाको नैतिक जिम्मेवारी गृह प्रशासनले लिनुपर्ने बताएको छ । मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले शनिबार विज्ञप्ति जारी गर्दै राजावादी आन्दोलनमा भएको सम्पूर्ण घटनाको जिम्मेवारी गृह प्रशासनले लिनुपर्ने बताएका हुन् । 

‘प्रहरीले समयमै अराजक भीड नियन्त्रण गरेको भए यो त्रासदीपूर्ण घटना हुनबाट रोकिन सकिन्थ्यो । यसको सम्पूर्ण नैतिक जिम्मेवारी गृह प्रशासनले लिनु पर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘र, घटनाको निष्पक्ष छानबिन गरी यसमा जोडिएका सबै अपराधीहरूमाथि कडा कानुनी कारबाही गर्नुपर्छ ।’

तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाह समर्थकहरूद्वारा आयोजित कार्यक्रमलाई लोकतान्त्रिक मूल्य–मान्यताको कसीमा उपयुक्त मान्न नसकिने पनि अध्यक्ष महतोले उल्लेख गरेका छन् ।

 ‘जनप्रदर्शनको नाममा सङ्गठित हिंसा, आगजनी, लुटपाट र अराजकताले देशलाई नै मर्माहत बनायो भने लोकतन्त्र र शान्तिपूर्ण आन्दोलनको मर्यादामाथि पनि ठेस पुर्याएको छ,’ उनले भनेका छन् । 

राष्ट्रिय मुक्ति पार्टीले शुक्रबारको घटना पुनरावृत्ति नहोस् भन्दै राज्यले पीडित परिवारहरूलाई तत्काल क्षतिपूर्ति र न्याय दिन सक्नुपर्नेमा जोड दिएको छ । उसले जनताको आक्रोशलाई बुझ्न र शान्तिपूर्ण समाधान खोज्नु राज्यको कर्तव्य भएको पनि स्मरण गराएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ०१ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा