पत्रकार र सञ्चारगृहमाथिको आक्रमणका दोषीलाई कारबाही गर्न इम्सनको माग « Khabarhub

पत्रकार र सञ्चारगृहमाथिको आक्रमणका दोषीलाई कारबाही गर्न इम्सनको माग


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले शुक्रबार काठमाडौँको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको विरोध गर्दै जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै इम्सनले दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ । 

‘शान्तिपूर्ण प्रदर्शनको हवला दिँदै आन्दोलनकारीहरूले अराजक गतिविधि गर्दै हिंसात्मक अवस्था सृजना गरी एक युवा र एक श्रमजीवी पत्रकारको ज्यान जाने अवस्था उत्पन्न गराउने तथा सञ्चार गृह, राजनीतिक दलको कार्यालय, नागरिकका घर, व्यावसायिक भवन, सवारी साधनलगायतमा भएको तोडफोड, आगजनी तथा लुटपाटमा सम्लग्नहरुलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन पनि इम्सन जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ । 

हिंसात्मक घट्नाका क्रममा कीर्तिपुर निवासी एक युवक र एभिन्युज  खबर टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो । साथै केही निजी निवासमा आगजनी र तोडफोड तथा लुटपाट भएको थियो । 

‘प्रदर्शनकारीहरुले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड गरेका थिए, त्यसबाहेक राजनीतिक पार्टीको कार्यालयमा आगजनीका साथै भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट मच्चाइएको छ । शान्तिपूर्ण आन्दोलनका नाममा निम्त्याइएको हिंसा र अराजकतालाई किमार्थ स्वीकार गर्न सकिन्न’, इम्सनले भनेको छ । 

लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण रूपले राख्न पाइने व्यवस्था हुँदाहुँदै राजनीतिक अभिष्ट पूरा गर्ने नाममा हिंसा निम्त्याउने, नागरिकको ज्यान जाने अवस्था ल्याउने, निजी सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाटलगायतका गतिविधि किमार्थ स्वीकार्य नभएको इम्सनको भनाइ छ । 

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : २३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको