पूर्वराजाबारे सर्वेन्द्रको स्पष्टीकरण- मैले कोही आऊ, देश बचाऊ भनेको छैन « Khabarhub

पूर्वराजाबारे सर्वेन्द्रको स्पष्टीकरण- मैले कोही आऊ, देश बचाऊ भनेको छैन


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफू पूर्वराजाको पक्षमा नरहेको प्रष्टिकरण दिएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको अपिलमा नाम उल्लेख गरिएपछि उनले यस्तो प्रष्टिकरण दिएका हुन् । 

‘कसैलाई आउ भन्नु पर्ने जरुरत छैन,’ केही समय अघिमात्रै नेकपा एमाले परित्यागको घोषणा गरेका खनालले खबरहबसँग भने, ‘कोही आउ, देश बचाउ भन्ने पक्षमा म छैन ।’     

उनले केही दिनअघि भएको भनिएको छलफलमा पूर्वराजाका पक्षमा आफूले कुनै धारणा नराखेको पनि दावी गरे ।

 ‘सबै जना बोलाएर आ–आफ्नो विचार राखेको थियो,’ खनालले भने, ‘त्यहाँ देशको परिस्थिति कस्तो हुन्छ, कसरी निकास दिन सकिन्छ भन्ने कुरा थियो । त्यसमा आफ्नो धारणा व्यक्त गरेको हो ।’

खनालले छलफलका क्रममा आफूले संकेत राम्रो नदेखिएको भन्दै मुठभेडतर्फ जान नहुने सुझावसमेत दिएको बताए ।

 ‘मैले मुठभेडतर्फ नजाओस् । संकेत नराम्रो देखिएको छ । त्यो ठीक हुन्न । यसमा सबै संयम भएर जानुपर्छ भनेको थिएँ,’ उनले भने ।  

खनालले छलफलका क्रममा पुराना र नयाँ दलबाट अपेक्षाअनुसार काम हुन नसकेपछि तेस्रो धारको आवश्यकता परेको विषयमा कुराकानी भएको र आफूले त्यसमा सहयोग गर्न सक्ने बताएको पनि जानकारी दिए ।  

‘अगाडि बढ्ने कुरो छँदैछ । राजनीतिक कुराको हिसाबमा अब पुरानो भएन भन्ने त्यहाँ पनि व्यक्त भयो । नयाँबाट पनि अपेक्षा गरेजस्तो आएन भने पछि थर्ड पोल जरुरत छ भने बौद्धिक जमातले देशको लागि गरौँ भन्ने थियो,’ उनले भने, ‘त्यसमा मैले आफ्नो तर्फबाट सहयोग गर्छु भनेको हुँ । पुरानाबाट भएन, नयाँ पनि हेरियो अब थर्ड पोल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ४२ बजे

कोशीका नौ निर्वाचन क्षेत्रमा यी हुन् नेकपाका उम्मेदवार

काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीले सुदूरपश्चिमपछि कोशी

म्याग्दीका उत्कृष्ट २० कृषक पुरस्कृत

म्याग्दी – म्याग्दीका उत्कृष्ट २० कृषकलाई पुरस्कृत गरिएको छ ।

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान