पूर्वराजाबारे सर्वेन्द्रको स्पष्टीकरण- मैले कोही आऊ, देश बचाऊ भनेको छैन « Khabarhub

पूर्वराजाबारे सर्वेन्द्रको स्पष्टीकरण- मैले कोही आऊ, देश बचाऊ भनेको छैन


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले आफू पूर्वराजाको पक्षमा नरहेको प्रष्टिकरण दिएका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता स्वागत नेपालले सामाजिक सञ्जाल फेसबुकमार्फत् सार्वजनिक गरेको अपिलमा नाम उल्लेख गरिएपछि उनले यस्तो प्रष्टिकरण दिएका हुन् । 

‘कसैलाई आउ भन्नु पर्ने जरुरत छैन,’ केही समय अघिमात्रै नेकपा एमाले परित्यागको घोषणा गरेका खनालले खबरहबसँग भने, ‘कोही आउ, देश बचाउ भन्ने पक्षमा म छैन ।’     

उनले केही दिनअघि भएको भनिएको छलफलमा पूर्वराजाका पक्षमा आफूले कुनै धारणा नराखेको पनि दावी गरे ।

 ‘सबै जना बोलाएर आ–आफ्नो विचार राखेको थियो,’ खनालले भने, ‘त्यहाँ देशको परिस्थिति कस्तो हुन्छ, कसरी निकास दिन सकिन्छ भन्ने कुरा थियो । त्यसमा आफ्नो धारणा व्यक्त गरेको हो ।’

खनालले छलफलका क्रममा आफूले संकेत राम्रो नदेखिएको भन्दै मुठभेडतर्फ जान नहुने सुझावसमेत दिएको बताए ।

 ‘मैले मुठभेडतर्फ नजाओस् । संकेत नराम्रो देखिएको छ । त्यो ठीक हुन्न । यसमा सबै संयम भएर जानुपर्छ भनेको थिएँ,’ उनले भने ।  

खनालले छलफलका क्रममा पुराना र नयाँ दलबाट अपेक्षाअनुसार काम हुन नसकेपछि तेस्रो धारको आवश्यकता परेको विषयमा कुराकानी भएको र आफूले त्यसमा सहयोग गर्न सक्ने बताएको पनि जानकारी दिए ।  

‘अगाडि बढ्ने कुरो छँदैछ । राजनीतिक कुराको हिसाबमा अब पुरानो भएन भन्ने त्यहाँ पनि व्यक्त भयो । नयाँबाट पनि अपेक्षा गरेजस्तो आएन भने पछि थर्ड पोल जरुरत छ भने बौद्धिक जमातले देशको लागि गरौँ भन्ने थियो,’ उनले भने, ‘त्यसमा मैले आफ्नो तर्फबाट सहयोग गर्छु भनेको हुँ । पुरानाबाट भएन, नयाँ पनि हेरियो अब थर्ड पोल बनाउनुपर्छ भन्ने मेरो मान्यता हो ।’

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ३ : ४२ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको