तीनकुने घटना छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग बनाऊ : रास्वपा  « Khabarhub

तीनकुने घटना छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग बनाऊ : रास्वपा 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चैत १५ गतेको घटना छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । 

रास्वपाको शनिबार बसेको सचिवालयको ‘भर्चुअल’ बैठकले तीनकुने क्षेत्रमा राजसंस्था समर्थकको आन्दोलनपछि सुरु भएको हिंसात्मक क्रियाकलापको छानबिनका लागि उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको हो ।  

‘काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा २०८१ चैत्र १५ गते घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याइ यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने,’ बैठकपछि कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।  

सचिवालयको ‘भर्चुअल’ बैठकले चैत १८ गते केन्द्रीय समिति बैठक बोलाउने पनि निर्णय गरेको छ । केन्द्रीय समिति बैठक पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बताइएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ०३ बजे

आज २०८३ साल असार ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ३ गते बुधबार । सन्

फिफा विश्वकप : भिड्दैछन् फ्रान्स र सेनेगल

काठमाडौँ । फिफा विश्वकप २०२६ मा छैटौँ दिन चार खेल

फेवातालमा हावाहुरीले पल्टायो डुंगा, दुई भारतीय पर्यटकको उद्धार

काठमाडौँ । सशस्त्र प्रहरीले फेवातालबाट दुई जना भारतीय पर्यटकको सकुशल

उपकुलपतिका उम्मेदवारहरूलाई अन्तर्वार्तामा बोलाइयो

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विभिन्न विश्वविद्यालयमा उपकुलपतिका लागि