स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड  « Khabarhub

स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एक हुनुपर्छ : प्रचण्ड 


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताएका छन् ।

प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको आज उद्‌घाटन गर्दै उनले सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड र आगजनी गर्नेमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराए। 

‘गणतन्त्रवादीले निरङ्कुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गरेर जनहितमा अगाडि बढ्ने यो सही समय हो’, अध्यक्ष दाहालले भने, ‘सरकारले यो बेलामा कडा कदम चाल्यो भने हाम्रो समर्थन हुन्छ, तर सरकारले फेरि सम्झौता गर्ने र उनीहरूलाई मनोमनी गर्ने अवसर दियो भने त्यसले देशलाई फाइदा गर्दैन ।’
    
राजावादीले स्वतन्त्र प्रेसलाई आक्रमणको निशाना बनाएको उल्लेख गर्दै अध्यक्ष दाहालले समाजलाई पछाडि धकेल्ने प्रवृत्तिविरुद्ध सिङ्गो सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा जोड दिए ।

‘अग्रगमन, शान्ति, विकासको चेतना फैलाउने प्रेस सामन्तीको निशाना बन्यो’, उनले भने, ‘निरङ्कुश प्रवृत्ति रोक्न सञ्चार क्षेत्रले विशेष भूमिका निर्वाह गर्नुपर्छ, यसो गर्न विलम्ब नगर्नुहोला ।’

मुलुकको राजनीतिक परिवर्तनमा विगतदेखि नै सञ्चार क्षेत्रको योगदान रहेको जनाउँदै अध्यक्ष दाहालले लामो सङ्घर्षबाट स्थापित  सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन प्रेसको अझ सशक्त हुनुपर्ने बताए। 

साथै उनले उत्कृष्ट पत्रकार तथा सेन्टरका शाखाहरुलाई सम्मान भयो । माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले मुलुक समाजवादी यात्रामा अघि बढिसकेकाले पश्चगमनतर्फ फर्कने प्रयास कुनै हालतमा मान्य नहुने बताए। 

पार्टीका उपमहासचिव जनार्दन शर्माले गणतन्त्रवादी शक्तिले आफूलाई सुधारेर सामन्तवादका विरुद्ध एकताबद्ध हुँदै जनभावनाको कदर गर्नुपर्ने बताए। 

प्रेस सेन्टरका संस्थापक महेश्वर दाहालले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सङ्गठन सदैव क्रियाशील हुने बताए। 

नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन नेपाल, प्रेस चौतारी नेपाललगायत पत्रकार सङ्घसङ्गठनका अध्यक्ष तथा प्रतिनिधिले गणतन्त्रको विकल्प निरङ्कुश राजतन्त्र हुन नसक्ने भन्दै प्रेस स्वतन्त्रता र जनअधिकार रक्षाका लागि खबरदारी गरिरहने प्रतिबद्धता व्यक्त गरे । 

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : १८ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको