देशभरीबाट राजसंस्थाको पक्षमा आवाज बुलन्द पारौँ : दुर्गा प्रसाईं « Khabarhub

देशभरीबाट राजसंस्थाको पक्षमा आवाज बुलन्द पारौँ : दुर्गा प्रसाईं


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रहरीको खोजी सूचीमा रहेका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आइतबारदेखि राजसंस्थाको पक्षमा आवाज बुलन्द पार्न देशभरका सहरहरूमा भेला हुन आह्वान गरेका छन् ।  

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका ‘जनकमान्डर’समेत रहेका प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत् देशभरीबाट राजसंस्थाको पक्षमा आवाज बुलन्द पार्न आह्वान गरेका हुन् ।  

‘नेताको मुख नताकौँ, जनताले गर्ने जनआन्दोलन जनताकै नेतृत्वमा गरौँ र यो भ्रष्ट दलालहरूको पञ्जाबाट यो देशलाई मुक्त गर्न भोलिदेखि नै देशभर हरेक सहरका सडकमा भेला भएर हाम्रा आवाज बुलन्द पारौँ र न्यायको पक्षमा आन्दोलित बनौँ,’ उनले फेसबुकमार्फत् भनेका छन् । 

प्रसाईँले पूर्वराजालाई दमन गरेको टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै शुक्रबार सरकार पक्षबाट तीनकुनेमा राजावादीमाथि दमन भएको दावी पनि गरेका छन् । उनले ज्ञानेन्द्रमाथि सरकारले अत्याचार गरेको भन्दै अत्याचारविरुद्ध आमनागरिक सडकमा आउनुको विकल्प नभएको पनि बताएका छन् । 

‘खुलमखुल्ला सिङ्गो राष्ट्रलाई चुनौती दिएर हाम्रा प्यारा राजालाई दमन गरेको हामी टुलुटुलु हेरेर बस्न सक्दैनौँ,’ प्रसाईंले लेखेका छन्, ‘तसर्थ हिजो तीनकुनेमा भएको हत्या र प्रहरी दमनका विरुद्ध र श्री ५ महाराजाधिराज सरकार माथि गरेको अत्याचारको विरुद्धमा आमनागरिकहरू आउनुको विकल्प छैन ।’

उनले तीनकुनेमा आयोजित सभामा कार्यक्रम सुरु नहुँदै प्रहरीले अश्रुग्यास प्रहार गरेको र नागरिकको हत्या गरेको पनि आरोप लगाएका छन् । प्रसाईँले शुक्रबारको हिंसात्मक प्रदर्शनका क्रममा मारिएका दुई जनाको हत्याको जिम्मा आफूमाथि लगाउनुको कारणबारे प्रश्न पनि गरेका छन् ।  

‘सम्पूर्ण राजसंस्थावादी संघ–संस्था, अभियान तथा पार्टीको सामूहिक प्रयासद्वारा गठन गरिएको सभामा कार्यक्रम सञ्चालन हुन नपाउँदै अश्रुग्यास प्रहार गरेर सभा बिथोल्ने कार्य गर्ने सरकारले आफैँले हत्या गरिएका नागरिकहरूको हत्याको जिम्मेवारी जनकमाण्डर दुर्गा प्रसाईंमाथि थोपर्ने प्रयास गर्ने ?,’ उनले प्रश्न गरेका छन्, ‘बन्दुक कसले चलायो दुर्गाले की प्रहरीले ?’ ।

राजावादी प्रदर्शन उग्र बनाएर ‘जनकमान्डर’ प्रसाईं शुक्रबार तीनकुनेबाट भागेका थिए । उनलाई प्रहरीले शुक्रबारदेखि नै खोजी गरिरहेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ४९ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको