पूर्वराजालाई जरिवाना तिराउने कामपाको निर्णय हास्यास्पद : कमल थापा « Khabarhub

पूर्वराजालाई जरिवाना तिराउने कामपाको निर्णय हास्यास्पद : कमल थापा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


348
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाडौं महानगरपालिकाको निर्णयलाई हास्यास्पद भनेका छन् । उनले महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबुकमा शेयर (साझा) गर्दै महानगर प्रमुख बालेन्द्र शाहको निर्णयलाई ‘स्टन्ट’को संज्ञा दिएका छन् । 

‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौं महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो,’ अध्यक्ष थापाले लेखेका छन्, ‘मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु ।’

उनले संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले स्थानीय प्रशासनसँग अनुमति लिएर तीनकुनेमा कार्यक्रम आयोजना गरेको पनि स्मरण गराएका छन् ।

 ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ,’ थापाले लेखेका छन् । 

अध्यक्ष थापाले महानगरपालिकाले पत्रमा प्रयोग गरेको भाषाका प्रति पनि आपत्ति जनाएका छन् ।

 ‘पत्रको भाषा पनि अशिष्‍ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो,’ उनले भनेका छन्, ‘पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’

महानगरपालिकाले शनिबार पूर्वराजा ज्ञानेन्द्रको नाममा आठ वटा पत्र काटेर विभिन्न शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ५ : ५३ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको