लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै « Khabarhub

लुटपाट र आगजनीमा संलग्न राजावादी धमाधम समातिँदै


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजावादीको आन्दोलनका क्रममा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न राजावादी धमाधम पक्राउ पर्न थालेका छन् । 

तीनकुने र आसपासका क्षेत्रमा भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न सयभन्दा बढी राजावादी प्रहरीको नियन्त्रणमा आइसकेका छन् । प्रहरीले शनिबार ६ जना पक्राउ गरे छ । योसँगै अहिलेसम्म आगजनी, लुटपाट र तोडफोडमा संलग्न १११ जनालाई पक्राउ परिसकेका छन् ।  

काठमाडौं प्रहरी परिसरका एसपी एवम् प्रवक्ता अपिलराज बोहराले अहिलेसम्म संलग्न १११ जनालाई पक्राउ गरिएको जानकारी दिए । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनका क्रममा शुक्रबार १५ सवारी साधन र १४ ठाउँमा आगजनी तथा १० स्थानमा लुटपाट भएको थियो । 

प्रहरीले लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद भएका तस्बिर र भिडियोका माध्यमबाट राजावादी पक्राउ गरिरहेको बताइएको छ । प्रहरीले सामाजिक सञ्जालमा आएका सबै फोटो र भिडियो संकलन गर्ने कामलाई तीव्रता दिएको छ । ती फोटो र भिडियोका आधारमा पहिचान भएकामध्ये केही प्रहरी हिरासतमा पुगिसकेका छन् । 

कोटेश्वरको भाटभटेनी लुटपाटमा संलग्नमध्ये केहीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । अन्यलाई फोटो र भिडियो तथा सीसीटीभी फुटेज संकलन गरेर पक्राउ अभियान चलाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ६ : १८ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक