कांग्रेसको निष्कर्ष- तीनकुने हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ | Khabarhub Khabarhub

कांग्रेसको निष्कर्ष- तीनकुने हिंसाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्र शाहले लिनुपर्छ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


606
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले काठमाडौंको तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटना र विध्वंशको सम्पूर्ण दोष पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ।

सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बसेको काङ्ग्रेस पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

कांग्रेसले तीनकुने घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा शाहले लिनुपर्ने बताउँदै यसमा संलग्नमाथि कडा कारबाहीका लागि सरकारसँग माग पनि गरेको छ ।

कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले तीनकुनेमा भएको हिंसात्मक घटनाबारे त्यो निष्कर्ष निकालेको पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले बताएका छन् ।

राजावादीहरूको पूर्वयोजनाअनुसार निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको निष्कर्ष निकालिएको कांग्रेस प्रवक्ता महतले बताए । कांग्रेसले यो घटना गम्भीर रहेको भन्दै चाँडै सर्वदलीय बैठक बस्नु आवश्यक रहेको पनि ठहर गरेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाबारे ब्रिफिङ गरेका थिए। लेखकले प्रहरीले राजावादीको सभास्थललाई ताकेर कुनै गोली र टियर ग्यास नहानिएको पनि बताएका छन् ।

‘राजावादीले जुन हिसाबले लक्षित गरी आक्रमण गरे। निजी घर, व्यवसायिक घर, मिडिया हाउसमा तोडफोड भयो। त्यसको कांग्रेसले भर्त्सना गरेको छ,’ महतले भने, ‘निरंकुशता लाद्‍ने मनसायसहित यो घटना गराइएको छ। आक्रमणको योजना बनाइएको छ। यसको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्छ।’

पूर्वराजा शाहकै निर्देशनमा तीनकुनेमा अराजकता मच्चाउने समूह भेला भएको कांग्रेसले आरोप लगाएको छ । तोडफोड र आगजनीमा संलग्नलाई कानुनी कारबाहीको दायरमा ल्याउन पनि कांग्रेसले माग गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ०३ बजे

सिमकोट बजार सुनसान, व्यवसाय सञ्चालनमा ल्याउन आग्रह

सिमकोट– हुम्लाको सदरमुकाम सिमकोट आज बिहानैदेखि सुनसान देखिएको छ ।

पछिल्लो २४ घण्टामै गाजामा भएको इजरायली आक्रमणमा ५२ प्यालेस्टिनीको मृत्यु

गाजा– गाजा पट्टीका विभिन्न क्षेत्रमा जारी इजरायली हवाई आक्रमणका कारण पछिल्लो

धादिङ कारागारबाट कैदी भाग्न थालेपछि सेनाले गोली चलायो, एक जनाको मृत्यु, सात घाइते

काठमाडौँ – आगजनी गर्दै जिल्ला कारागार धादिङबाट कैदीबन्दी भाग्न थालेपछि

कञ्चनपुर प्रशासनको निर्देशन- सुरक्षाकर्मीबाट खोसिएका हातहतियार तथा गोलीगठ्ठा बुझाउनू

महेन्द्रनगर– स्थानीय प्रशासनले जेन–जी पुस्ताको आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट खोसिएका हातहतियार

जेन–जीको आन्दोलनले ध्वस्त भए कास्कीका अधिकांश सरकारी कार्यालय (तस्बिरहरू)

काठमाडौं– जेन–जीको प्रदर्शनकारीले कास्कीका अधिकांश सरकारी कार्यालयमा आगजनी गरेका छन्