अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ « Khabarhub

अमेरिकाले डिपोर्ट गरेका तीनजना भुटानी शरणार्थी झापाबाट पक्राउ


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकाले देशनिकाला गरेर पठाएका तीनजना भुटानी शरणार्थी झापाबाट शनिबार दिउँसो समातिएका छन् ।

दमक नगरपालिका–३ स्थित बेलडाँगी शरणार्थी शिविरमा बस्दै आएका ३६ वर्षीय आशिष सुवेदी, ३१ वर्षीय सन्तोष दर्जी र ३६ वर्षीय रोशन तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काले जाकारी दिएका छन् ।

उनीहरूलाई तीनैजनालाई अमेरिका देश निकाला गरेर भुटान फर्काएको थियो। तर तीनैजना भुटान नफर्की नेपाल छिरेर शरणार्थी शिविरमा बसिरहेका थिए ।

तीनैजना झापास्थित पूर्वीनाकाबाट नेपाल छिरेको अनुमान प्रहरीले गरेको छ । अमेरिकाले डिपोर्ट गरेर पठाएका भुटानीहरू अहिले विभिन्न देशबाट भारत हुँदै नेपाल छिरिरहेका छन् ।

अमेरिकाबाट फर्किएर भारतमा बसिरहेका भुटानीहरू नेपाल छिर्न थालेको सूचना प्रहरीलाई आएको थियो । प्रहरीले शनिबार समातेका तीनै भुटानी शरणार्थीलाई अध्यागमन कार्यालय काँकडभिट्टामा पठाएको छ।

अमेरिकाबाट फर्काइएका भुटानी शरणार्थीलाई भारतले शरण दिन मानेको छैन । त्यहीकारण उनीहरू नेपाल छिर्न थालेका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ८ : ३६ बजे

सिमकोट विमानस्थलमा चार दिनमा १६९ तीर्थालु भित्रिए

हुम्ला– हुम्लाको सिमकोटमा वर्षायाम सुरु भएसँगै मानसरोवर कैलाश दर्शन गर्न

संविधान संशोधनका लागि लिखित सुझाव दिने जेन्जी घाइते र शहीद परिवारको प्रतिबद्धता

काठमाडौँ – संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित

बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै षडानन्द नगरपालिका

भोजपुर– भोजपुरको षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने

विश्व दूरसञ्चार तथा सूचना समाज दिवस : ‘डिजिटल’ पहुँच विस्तारमा जोड

काठमाडौँ– आज विश्वका विभिन्न देशमा ‘विश्व दूरसञ्चार तथा सूचना समाज

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस मनाइँदै

काठमाडौँ– नेकपा एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन