भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना समातिए, अरूको खोजी हुँदै « Khabarhub

भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना समातिए, अरूको खोजी हुँदै


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले शुक्रबारको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा मच्चाएको लुटमा संलग्नहरूमाथि प्रहरीले धरपकड तीव्र बनाएको छ ।

शुक्रबार दिउँसो भएको उक्त लुट प्रकरणमा संलग्नमध्ये ६ जनालाई शनिबार पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराले गरेका छन् ।

तीनकुने केन्द्र बनाएर गरिएको आन्दोलनका क्रममा गरिएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न राजावादीमध्ये अहिलेसम्म १११ जना पक्राउ परेका छन् । जसमध्ये भाटभटेनीमा दिनदहाडै भएको लुटमा संलग्नमध्ये शुक्रबार र शनिबार गरेर सातजना समातिएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनका क्रममा शुक्रबार १५ सवारी साधन र १४ ठाउँमा आगजनी तथा १० स्थानमा लुटपाट भएको थियो ।

जसमध्ये ठूलो लुटपाट भाटभटेनीमा मच्चाइएको थियो । प्रहरीले लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद भएका तस्बिर र भिडियोका माध्यमबाट राजावादी पक्राउ गरिरहेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा आएका सबै फोटो र भिडियो संकलन गर्ने कामलाई तीव्रता दिएको छ । ती फोटो र भिडियोका आधारमा पहिचान भएकामध्ये भाटभटेनी प्रकरणमा सातजना समातिएका हुन् ।

प्रहरीका अनुसार भाटभटेनी लुटमा संलग्नमध्ये सिन्धुलीकी १५ वर्षीया चित्रमाया बस्नेत र १७ वर्षीया सुस्मिता बराल पक्राउ परेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोककी ३७ वर्षीया निर्मला कार्कीलाई पनि प्रहरीले भाटभटेनी लुटमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । उता नुवाकोटकी ४३ वर्षीया सुशीला कुमाल पनि यस प्रकरणमा नरेफाँटबाट पक्राउ परेकी छन् ।

धरानकी ४१ वर्षीया एलिसा राईलाई पनि प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । कोटेश्वरबाट ७० वर्षीया बालकुमारी कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । उनीहरू सबैलाई पक्राउपछि प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ०८ बजे

वर्षायामसँगै अन्नपूर्ण पदमार्गमा पर्यटक घटे

लमजुङ– वर्षायाम सुरु भएसँगै विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटकको आगमन घटेको

भीडलाई गणेशका दाइको प्रश्न- ‘हिजो मेरो भाइ जल्दा कहाँ जानुभएको थियो ? किन बचाउनुभएन ?’

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाई आत्मदाहको

महिलालाई आत्मनिर्भर बनाउन ८५ बाख्रा उपहार

गलकोट– बागलुङ नगरपालिका-१३ ढाडा स्वावलम्बी महिला समूहमा आबद्ध गीता परियारले

राष्ट्रपतिसँग युएईका वैदेशिक व्यापारमन्त्रीको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त अरब इमिरेट्सका वैदेशिक व्यापारमन्त्री थानी

गणेश आत्मदाह प्रकरणको छानबिन गर्न समिति गठन, सोधपुछका लागि तीनजना नगर प्रहरी नियन्त्रणमा

काठमाडौं– सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानबिन समिति