भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना समातिए, अरूको खोजी हुँदै « Khabarhub

भाटभटेनी सुपर स्टोर लुटमा संलग्नमध्ये सातजना समातिए, अरूको खोजी हुँदै


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राजावादीहरूले शुक्रबारको आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा मच्चाएको लुटमा संलग्नहरूमाथि प्रहरीले धरपकड तीव्र बनाएको छ ।

शुक्रबार दिउँसो भएको उक्त लुट प्रकरणमा संलग्नमध्ये ६ जनालाई शनिबार पक्राउ गरिएको पुष्टि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपिलराज बोहोराले गरेका छन् ।

तीनकुने केन्द्र बनाएर गरिएको आन्दोलनका क्रममा गरिएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न राजावादीमध्ये अहिलेसम्म १११ जना पक्राउ परेका छन् । जसमध्ये भाटभटेनीमा दिनदहाडै भएको लुटमा संलग्नमध्ये शुक्रबार र शनिबार गरेर सातजना समातिएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिको आह्वानमा भएको आन्दोलनका क्रममा शुक्रबार १५ सवारी साधन र १४ ठाउँमा आगजनी तथा १० स्थानमा लुटपाट भएको थियो ।

जसमध्ये ठूलो लुटपाट भाटभटेनीमा मच्चाइएको थियो । प्रहरीले लुटपाट, आगजनी र तोडफोडका क्रममा कैद भएका तस्बिर र भिडियोका माध्यमबाट राजावादी पक्राउ गरिरहेको छ ।

प्रहरीले सामाजिक सञ्जालमा आएका सबै फोटो र भिडियो संकलन गर्ने कामलाई तीव्रता दिएको छ । ती फोटो र भिडियोका आधारमा पहिचान भएकामध्ये भाटभटेनी प्रकरणमा सातजना समातिएका हुन् ।

प्रहरीका अनुसार भाटभटेनी लुटमा संलग्नमध्ये सिन्धुलीकी १५ वर्षीया चित्रमाया बस्नेत र १७ वर्षीया सुस्मिता बराल पक्राउ परेका छन् ।

त्यसैगरी सिन्धुपाल्चोककी ३७ वर्षीया निर्मला कार्कीलाई पनि प्रहरीले भाटभटेनी लुटमा संलग्न भएको अभियोगमा पक्राउ गरेको छ । उता नुवाकोटकी ४३ वर्षीया सुशीला कुमाल पनि यस प्रकरणमा नरेफाँटबाट पक्राउ परेकी छन् ।

धरानकी ४१ वर्षीया एलिसा राईलाई पनि प्रहरीले कोटेश्वरबाट पक्राउ गरेको छ । कोटेश्वरबाट ७० वर्षीया बालकुमारी कार्कीलाई पनि प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । उनीहरू सबैलाई पक्राउपछि प्रहरी वृत्त नयाँबानेश्वरको हिरासतमा राखिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ९ : ०८ बजे

तुलसीपुर हिरासतका एक थुनुवाको मृत्यु

तुलसीपुर – दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक