आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा « Khabarhub

आदित्यनाथलाई भेट्न लखनऊ पुगे राजदूत शर्मा


१६ चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतका लागि नेपाली राजदूत डाक्टर शंकरप्रसाद शर्माले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्।

नेपालमा राजावादीहरुको आन्दोलनमा योगी आदित्यनाथको समर्थन रहेको अड्कलबाजी भइरहेको अवस्थामा उत्तर प्रदेशको राजधानी लखनउमा उनीहरूबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा द्विपक्षीय व्यापार विस्तार र आर्थिक सहकार्य, धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन, उच्च शिक्षा र छात्रवृत्तिको अवसरहरू, जलविद्युत् र अन्य ऊर्जा परियोजनामा सहकार्य, यातायात तथा कनेक्टिविटी सुधार, सीमा सुरक्षा, आपसी सहकार्य, र विकासका सम्भावनाबारे छलफल भएको भारतस्थित नेपाली राजदूतावासले जनाएको छ।

राजदूत शर्मा र मुख्यमन्त्री योगी आदित्यनाथबीच नेपाल–भारत सम्बन्धलाई थप मजबुद बनाउने विषयमा कुराकानी भएको बुझिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, शनिबार  ७ : २० बजे

भारतीय समकक्षी जयशंकरद्वारा खनाललाई बधाई, सहकार्य सुदृढ बनाउने अपेक्षा

काठमाडौं– भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको

वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्दै महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर

श्रममन्त्रीको पहिलो निर्णय- नेपालमै रोजगारी सिर्जना गरेर युवालाई पलायन रोक्छु 

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले नेपालमा नै