आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल वैशाख १६ गते मंगलबारको राशिफल


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल वैशाख १६ गते मंगलबार। वैशाख शुक्ल पक्षको द्वितीया थिति। तदनुसार सन् २०२५ अप्रिल २९ तारिख। विश्व नृत्य दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। अगाडि बढ्न अवरोध देखिने छन्। निर्णय क्षमताको आवश्यकता देखिन्छ। मनमा धेरै खटपटी हुनसक्छ। वैदेशिक क्षेत्रको लगानीमा उत्साह बढ्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ।

वृष : खर्च बढ्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुनेछ। व्यवहार गर्दा सचेत भएर अगाडि बढ्नु राम्रो हुन्छ।

मिथुन : मनमा उत्साह बढ्नेछ। साना योजनालाई रोकेर ठुलाठुला कामको सुरुवात गर्नु राम्रो हुनेछ। शिक्षा, स्वास्थ्य र वैदेशिक क्षेत्र प्रगति हुनेछ। समयको सदुपयोग गर्नुपर्ने दिन आएको छ।

कर्कट : आज तपाईले लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा सफलता प्राप्त हुनेछ। परिवारमा विवादको जोखिम देखिन्छ। लगानी गरेको क्षेत्रबाट नाफा आर्जन हुनेछ।

सिंह : सोचेर निर्णय गर्नुपर्ने दिन हो। अग्रजको सुझाव अनुसार काम गर्दा नाफा हुनेछ। परिवारको साथमा अगाडि बढे फाइदा हुनेछ। लगानीका लागि हिम्मत गर्नु राम्रो हुनेछ।

कन्या : लामो समय रोकिएको कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा घाटा हुने भएकाले नगर्नु उचित हुन्छ। विदेशको लगानीबाट मनमा उत्साह बढ्नेछ। व्यवहार गर्दा मर्यादा नभुल्नु राम्रो हुन्छ।

तुला : आफन्तको चिन्ता गरेर आफूलाई भुल्ने जोखिम देखिन्छ। खानपान र नियमित औषधी छुटेर रोग बढ्ने देखिन्छ। लगानीका अवसर धेरै भएकाले सोचेर अगाडि बढ्नु राम्रो हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। लगानी र श्रमको उचित मूल्यांकन हुनेछ। काम सम्पन्न नभएसम्म मनको कुरा कसैलाई नभन्नु राम्रो हुन्छ। ठुलो लगानी नगर्नु राम्रो हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ।

धनु : मान र मर्यादाले तपाईंलाई उचाईमा पुर्याउने छ। प्रतिस्पर्धामा सफलता प्राप्त हुनेछ। लगानीका अवसर थुप्रै भएकाले यसलाई सदुपयोग गर्नु राम्रो हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : मन चिन्तित रहनेछ। मन अशान्त बन्नेछ। ठुलो योजनामा हात नहाल्नु राम्रो हुनेछ। अनावश्यक तर्क गर्दा आफैंलाई घाटा हुनेछ। धार्मिक कार्यमा संलग्न भएमा दिन सहज बन्नेछ।

कुम्भ : कडा प्रतिस्पर्धामा सहभागी भएर सफलता प्राप्त गर्ने योग छ। कृषि र पशुपालन क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। वैदेशिक लगानीले उत्साह बढ्नेछ। शिक्षा क्षेत्रमा भने राम्रो नतिजा प्राप्त नहुने जोखिम देखिन्छ।

मीन : दाजुभाइ वा दिदीबहिनीको सहयोग लिएर अगाडि बढ्ने समय छ। धेरै बोल्दा घाटा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ०५ बजे

राजनीतिमा पुस्ता : उमेरको होइन, चरित्रको बहस गरौँ

नेपालको राजनीतिमा अहिले एउटा लोकप्रिय, तर सरलीकृत कथन बारम्बार दोहोरिन्छ–

भ्रष्टाचारको छानबिनमाथि कांग्रेस, नेकपा र रास्वपाको एकमत, एमाले भने मौन

काठमाडौं– मुलुकमा भएको भ्रष्टाचारको छानबिन गर्ने विषयमा नेपाली कांग्रेस, नेपाली

मीनबहादुर गुरुङको प्रश्न : कसैलाई सहयोग गर्‍यो, दान गर्‍यो भन्दैमा जलाउने ?

काठमाडौं- भाटभटेनी सुपरमार्केटका सञ्चालक एवम् व्यवसायी मीनबहादुर गुरुङले जेन-जीका नाममा

दुर्गा प्रसाईंको रिहाइ माग्दै राजावादीको प्रदर्शन

काठमाडौं– वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न माग गर्दै काठमाडौंमा

एन्फा राष्ट्रिय लिगमा एपीएफको सहज जित

काठमाडौं– एन्फा राष्ट्रिय लिगमा सशस्त्र प्रहरीको एपीएफ क्लवले नव जनजागृति