मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? « Khabarhub

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपियाँ ७६ पैसा र बिक्री दर १३६ रुपियाँ ३६ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपियाँ ०१ पैसा र बिक्रीदर १५४ रुपियाँ ६९ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ०५ पैसा र बिक्रीदर १८१ रुपियाँ ८५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपियाँ ४१ पैसा र बिक्रीदर १६४ रुपियाँ १३ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८३ पैसा र बिक्रीदर ८७ रुपियाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ८६ पैसा र बिक्रीदर ९८ रुपियाँ ३० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपियाँ ३० पैसा र बिक्रीदर १०३ रुपियाँ ७५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ६० पैसा र बिक्रीदर १८ रुपियाँ ६८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ १९ पैसा र बिक्रीदर ३६ रुपियाँ ३५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ २५ पैसा र बिक्रीदर ३७ रुपियाँ ४१ पैसा तोकेको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ०४ पैसा र बिक्रीदर चार रुपियाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपियाँ ९६ पैसा र बिक्रीदर ३७ रुपियाँ १२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ १२ पैसा र बिक्रीदर ३१ रुपियाँ २५ पैसा निर्धारण भएको छ।

यसैगरी, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ४० पैसा र बिक्रीदर नौ रुपियाँ ४४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ र बिक्रीदर १४ रुपियाँ ०७ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ६३ पैसा र बिक्रीदर २० रुपियाँ ७२ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ५० पैसा र बिक्रीदर १७ रुपियाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ५२ पैसा र बिक्रीदर ४४४ रुपियाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपियाँ १४ पैसा र बिक्रीदर ३६१ रुपियाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३५२ रुपियाँ ६२ पैसा र बिक्रीदर ३५४ रुपियाँ १८ पैसा रहेको छ।

यस्तै, भारतीय रुपियाँ १०० को खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुला बजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : ४२ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह