अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट « Khabarhub

अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका नेता जस्टिन ट्रडेउलाई विस्थापित गर्दै मार्क कार्नी प्रधानमन्त्री भएको ६ सातामा नै यो निर्वाचन भएको हो।

लिबरल पार्टीका कानी तथा कन्जरभेटिका पियरे पोलिभिरेको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

निर्वाचन भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउने इच्छा व्यक्त गरेका छन्। कार्नीले क्यानडेली अझ दृढ र बलियो हुनुपर्नेमा जोड दिए।

यस निर्वाचनमा दुवै दलले समान मुद्दा उठाएका छन्। पोलिभिरेले पनि ट्रम्पलाई क्यानडा आफ्नो आन्तरिक समस्या आफैं समाधान गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्।

अमेरिकाले लगाएको ट्यारिफको प्रतिकार गर्न तयार भएको दुवै दलले बताइसकेका छन्। साथै अमेरिकाबाट क्यानडामा भित्रने सामानमा कर लगाउने कुरामा पनि दुवै नेता सहमत भइसकेका छन्। ३४३ स्थानमा भएको मतदानमा सरकार गठनका लागि १७२ सिट जित्नु आवश्यक छ।

हालका प्रधानमन्त्री कार्नी क्यानडामा सफलता पाएका अर्थशास्त्री हुन्। उनी राजनीतिमा प्रवेश गरेको पनि धेरै वर्ष भएको छैन। पोलिभिरे भने दुई दशकदेखि राजनीतिमा छन्।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ६ : ४० बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल