अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट « Khabarhub

अमेरिकासँग सम्बन्ध बिग्रिएकै समयमा क्यानडामा निर्वाचन : ट्रम्पविरुद्ध दुवै दल एकजुट


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


609
Shares
  • change font
  • change font
  • change font

ओटावा – क्यानडामा मंगलबार आम निर्वाचन सम्पन्न भएको छ। पार्टीका नेता जस्टिन ट्रडेउलाई विस्थापित गर्दै मार्क कार्नी प्रधानमन्त्री भएको ६ सातामा नै यो निर्वाचन भएको हो।

लिबरल पार्टीका कानी तथा कन्जरभेटिका पियरे पोलिभिरेको बीचमा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

निर्वाचन भइरहेको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडालाई ५१ औँ राज्य बनाउने इच्छा व्यक्त गरेका छन्। कार्नीले क्यानडेली अझ दृढ र बलियो हुनुपर्नेमा जोड दिए।

यस निर्वाचनमा दुवै दलले समान मुद्दा उठाएका छन्। पोलिभिरेले पनि ट्रम्पलाई क्यानडा आफ्नो आन्तरिक समस्या आफैं समाधान गर्न सक्षम रहेको प्रतिक्रिया दिएका छन्।

अमेरिकाले लगाएको ट्यारिफको प्रतिकार गर्न तयार भएको दुवै दलले बताइसकेका छन्। साथै अमेरिकाबाट क्यानडामा भित्रने सामानमा कर लगाउने कुरामा पनि दुवै नेता सहमत भइसकेका छन्। ३४३ स्थानमा भएको मतदानमा सरकार गठनका लागि १७२ सिट जित्नु आवश्यक छ।

हालका प्रधानमन्त्री कार्नी क्यानडामा सफलता पाएका अर्थशास्त्री हुन्। उनी राजनीतिमा प्रवेश गरेको पनि धेरै वर्ष भएको छैन। पोलिभिरे भने दुई दशकदेखि राजनीतिमा छन्।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ६ : ४० बजे

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो

माटोको ढिस्कोले पुरिँदा एक मजदूरको मृत्यु, एक घाइते

दाङ – लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगमा काम