गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार | Khabarhub Khabarhub

गर्भवती किशोरीको हेलिकोप्टरमार्फत उद्धार


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


234
Shares
  • change font
  • change font
  • change font

सिमकोट– सुत्केरी व्यथा लागेकी हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । 

सुत्केरी हुन डेढ महिना बाँकीको समय हुँदै गरेकी गर्भवती पुष्पा बोहरा भण्डारीको आज बिहान सदरमुकाम सिमकोटबाट जिल्लाबाहिर उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा प्रतीक्षा भारतीले बताए । आइतबारदेखि एक्कासि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएपछि प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको प्रमुख भारतीले बताए। 
   
प्रसवव्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव मात्रै नभएर पेटमा रहेको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले जिल्लामा उपकरण, औजारलगायत दक्ष जनशक्ति अभावले जिल्लाबाहिर सुर्खेत उद्धार गरिएको हो । भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने अवस्था आएको हुनाले सुविधासम्पन्न अस्पताल सुर्खेत पठाइएको हो । 
       
भण्डारीको उद्धारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट उद्धार गरिएको हो । हेलिकोप्टरमा उद्धार गरी सुर्खेत पु¥याएलगत्तै उहाँको प्रदेश अस्पतालमा उपचार भइरहेको छ । 

जनशक्ति र उपकरणको व्यवस्था नहुँदा हुम्लाका सुत्केरी व्यथा लागेकी गर्भवतीका लागि यो कार्यक्रम वरदान साबित हुँदै आएको छ । 
 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  १ : ३१ बजे

भीम रावलबारे ओलीको टिप्पणी- जहिल्यै अराजक, आम्दानी हुने पद खोजिरहन्थे

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले २०८१ पुस

टेक एण्ड पे प्रावधान बजेटबाट हटाउन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं अर्थमन्त्री

राजनीतिमा फर्किने विद्या भण्डारीको प्रयासले ओली रुष्ट, भने- फलाना आउने रे भनेर हल्ला चलाउनको अर्थ छैन

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या

लस एन्जलसमा आप्रवासीको विरोध प्रदर्शनमा ट्रम्पले राखे नेसनल गार्ड तैनाथ

लस एन्जेलस- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार लस एन्जलसका सडकहरूमा

तुलसीपुरमा बस दुर्घटना : दुई जनाको मृत्यु, ३४ घाइते

दाङ– तुलसीपुर उपमहानगरपालिका–१३ बखरीयामा यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु