आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र « Khabarhub

आँधीखोला गाउँपालिकाको जुग्ले–बाँगे सडक कालोपत्र


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

 
वालिङ– स्याङ्जाको आँधीखोला गाउँपालिका–५ जुग्ले हुँदै बाँगे जाने सडक कालोपत्र गरिएको छ । जुग्ले बजारदेखि गोगनपानी हुँदै फेदीखोला गाउँपालिका–५ को बाँगेलाई जोड्ने गरी सडक कालोपत्र गरिएको हो ।

जुग्ले–बाँगे सडकखण्डको हाल जुग्ले-गोगनपानी खण्डको साढे तीन किलोमिटर सडक कालोपत्र गरिएको आँधीखोलाका अध्यक्ष विश्वनाथ पौडेलले बताए। 

‘आँधीखोला र फेदीखोला गाउँपालिकाका जनघनत्व धेरै रहेका गाउँलाई समेट्दै सडक कालोपत्र गरिएको छ’, उनले भने, ‘सामरिक महत्वका दृष्टिकोणका साथै भौगोलिक बनोट, खेतीपाती, विद्यालय, बजारको आवतजावतका लागि पनि यो सडकले गाउँ र शहरलाई जोडेको छ ।’

गाउँमा नागरिकको जनघनत्व धेरै रहेकाले उनीहरूलाई गाउँमै टिकाइराख्न र गाउँमा बाह्रै महिना सडकको सहज पहुँच पुर्‍याउन यो सडकले महत्वपूर्ण टेवा दिने उनले बताए। दश वर्षअघि ‘ट्र्याक’ खोलिएको सडकलाई आँधीखोलाले सङ्घीय सरकारसँगको समपूरक अनुदानअन्तर्गत बहुवर्षीय योजनाका रुपमा अगाडि बढाएको हो ।

विसं २०७९ माघमा सम्झौता भई निर्माण सुरु भएको सडक विसं २०८२ साउनभित्र सकिनुपर्नेमा समयावधिभन्दा पहिले नै निर्माण सकिएको उनले बताए। ‘बहुवर्षीय योजनाअन्तर्गत चालु आर्थिक वर्षमा तीन किलोमिटर कालोपत्र र झन्डै ६०० मिटर ढलान गरिएको छ’, उनले भने, ‘साढे तीन किलोमिटर सडक कालोपत्र र ढलान सकिएसँगै आँधीखोला गाउँपालिकाभित्र पर्ने सडक निर्माण सम्पन्न भएको हो, अब आउने वर्षमा फेदीखोला गाउँपालिकातर्फको सडक कालोपत्र सुरु हुन्छ ।’

सङ्घीय सरकारको समपूरक अनुदानअन्तर्गत तीन करोड र आँधीखोलाको चार करोड ५५ लाख गरी कूल सात करोड ५५ लाखको लागतमा निर्माण सम्पन्न भएको हो । स्याङ्जा, कास्की र पर्वतको सीमामा अवस्थित पर्यटकीय स्थल पञ्चासे पुग्नका लागि पनि यो सडक निर्माणसँगै सहज हुने भएको हो ।

तीन किलोमिटर ५०० मिटर लम्बाइ यस पटक कालोपत्र गरिएको गाउँपालिकाका सिनियर सब–इञ्जिनियर सन्तोष सुवेदीले बताए। सडक नालीसहित सात मिटर चौडाइको रहेको छ । सडक किनारामा पहेँलो घेराको रङरोगन गर्ने, सडकको दायाँ बायाँ किनारामा सुरक्षा बार लगाउने काम पूरा भएको उहाँले बताए। 

सडक पाँच दशमलव ७५ मिटर चौडाइ रहनेगरी कालोपत्र गरिएको छ । ‘प्रिमिक्स कार्पेटिङ’ प्रविधिको कालोपत्र गरिएको उनले बताए। उक्त सडक निर्माणका लागि विजय-राङखोला सिद्धबाबा जेभीले ठेक्का सम्झौता गरेको थियो ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  २ : १८ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।