स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने नीति ल्याउन संसदीय समितिको सुझाव « Khabarhub

स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने नीति ल्याउन संसदीय समितिको सुझाव


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।  

सिंहदरबारमा मंगलबार बसेको संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिले उद्योगहरूको स्थापना तथा रुग्ण उद्योगहरूको पुनः सञ्चालन गरी त्यसबाट उत्पादित सामग्री सरकारी तथा सार्वजनिक निकायमा अनिवार्य प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएको हो । 

बैठकमा समितिका सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेका हुन् । समितिले खानी तथा नदीजन्य पदार्थमा आधारित उद्योगहरू स्थापना गरी सञ्चालन र उत्पादित वस्तुको व्यापारका सम्बन्धमा देखा परेका समस्याहरू समाधान गरी सञ्चालन हुने नीति लिनका लागि समेत समितिले सरकारलाई सुझाव दिएको छ ।

बैठकमा रक्षामन्त्री राईले राष्ट्रिय गौरवका आयोजनामा पुनर्विचार गर्नुपर्ने देखिएको बताए । उनले आयोजना निर्माणको घोषणा गरेर मात्रै केही नहुने भन्दै आर्थिक अवस्थाका बारेमा समेत अध्ययन गर्नुपर्नेमा जोड दिए । 

मन्त्री राईले तराइ मधेश फास्ट ट्याकको छिटै स्थलगत निरीक्षण गर्ने भन्दै त्यसपछि आयोजनामा देखिएका समस्या समाधान गर्नेतर्फ अघि बढ्ने बताए । उनले राष्ट्रिय महत्वका जिम्मेवारी नेपाली सेनालाई धेरै पहिलेदेखि नै दिएको अवस्थामा सोचेजति प्रगति गर्न कठिन भइरहेको धारणा राखे। उनले समितिले दिएका सुझावलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : १६ बजे

कांग्रेसभित्र बढ्दो असन्तुष्टि: सुदूरपश्चिम प्रदेश महामन्त्री शाहले त्यागे पार्टीको जिम्मेवारी

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री एवं पूर्व

संसदीय मोर्चामा एमालेका सम्भावित कमान्डर ?

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक आज बस्दैछ ।

प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’

म्याग्दी– म्याग्दीका मगर समुदायमा प्रकृतिलाई खुसी बनाउन ‘भूमे पूजा’ को

जलस्रोत संरक्षणसँगै पर्यटन प्रवर्द्धन : थलथले पोखरी नयाँ गन्तव्य

भोजपुर– जलस्रोत संरक्षण र पर्यटन प्रवर्द्धनलाई सँगै अघि बढाउने उद्देश्यका

रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति गरिँदै

म्याग्दी– म्याग्दीको रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नतिको काम सुरु भएको छ ।