स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने नीति ल्याउन संसदीय समितिको सुझाव « Khabarhub

स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने नीति ल्याउन संसदीय समितिको सुझाव


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय समितिले स्वदेशी उद्योगबाट उत्पादित सामग्रीलाई प्रोत्साहन हुने गरी नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ ।  

सिंहदरबारमा मंगलबार बसेको संघीय संसद् अन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिले उद्योगहरूको स्थापना तथा रुग्ण उद्योगहरूको पुनः सञ्चालन गरी त्यसबाट उत्पादित सामग्री सरकारी तथा सार्वजनिक निकायमा अनिवार्य प्रयोग गर्न प्रोत्साहन गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएको हो । 

बैठकमा समितिका सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सुझाव प्रतिवेदन हस्तान्तरण गरेका हुन् । समितिले खानी तथा नदीजन्य पदार्थमा आधारित उद्योगहरू स्थापना गरी सञ्चालन र उत्पादित वस्तुको व्यापारका सम्बन्धमा देखा परेका समस्याहरू समाधान गरी सञ्चालन हुने नीति लिनका लागि समेत समितिले सरकारलाई सुझाव दिएको छ ।

बैठकमा रक्षामन्त्री राईले राष्ट्रिय गौरवका आयोजनामा पुनर्विचार गर्नुपर्ने देखिएको बताए । उनले आयोजना निर्माणको घोषणा गरेर मात्रै केही नहुने भन्दै आर्थिक अवस्थाका बारेमा समेत अध्ययन गर्नुपर्नेमा जोड दिए । 

मन्त्री राईले तराइ मधेश फास्ट ट्याकको छिटै स्थलगत निरीक्षण गर्ने भन्दै त्यसपछि आयोजनामा देखिएका समस्या समाधान गर्नेतर्फ अघि बढ्ने बताए । उनले राष्ट्रिय महत्वका जिम्मेवारी नेपाली सेनालाई धेरै पहिलेदेखि नै दिएको अवस्थामा सोचेजति प्रगति गर्न कठिन भइरहेको धारणा राखे। उनले समितिले दिएका सुझावलाई प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए । 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ४ : १६ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक