कीर्तिपुरको प्रसंग दोहोर्‍याउँदै गगनले भने- सीप र क्षमता दिए डाँडामा बसेर महिनाको दुई-तीन लाख कमाइन्छ « Khabarhub

कीर्तिपुरको प्रसंग दोहोर्‍याउँदै गगनले भने- सीप र क्षमता दिए डाँडामा बसेर महिनाको दुई-तीन लाख कमाइन्छ


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कीर्तिपुरको डाँडामा बसेर महिनाको दुई–तीन लाख रुपैयाँ आर्जन गर्न सकिने दोहोर्‍याएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित ‘विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न-गराउन नीतिगत तथा कार्यक्रमसहितको प्रतिवेदन हस्तान्तरण’ कार्यक्रममा उनले सीप र क्षमता भए डाँडामा बसेर पनि महिनाको दुई–तीन लाख रुपैयाँ आर्जन गर्न सकिने बताएका हुन् । 

‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईँ सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई-तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ,’ महामन्त्री थापाले भने, ‘कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ ।’ 

कार्यक्रममा सभापति शेरबहादुर देउवाले विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न–गराउन नीतिगत तथा कार्यक्रमसहितको प्रतिवेदन बुझेका थिए । उक्त प्रतिवेदनको स्वामित्व अब पार्टीले लिने महामन्त्री थापाले बताए 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : १७ बजे

बाढी प्रभावित ग्राहकलाई विद्युत् सेवामा राहत

काठमाडौं- सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा

राष्ट्रियसभामा चाडपर्वअघि उपभोग्य वस्तुको सहज आपूर्तिको माग

 काठमाडौं- राष्ट्रियसभाका सदस्यहरूले दशैँ, तिहारलगायत ठूला चाडपर्व नजिकिँदै गर्दा खाना पकाउने

बाढीपीडितको खोजी र उद्धारमा सरकारले अहंकार देखायो : सांसद घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले रसुवाको भोटेकोशी

पाठ्यक्रम परिमार्जनका लागि रचनात्मक सुझाव संकलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ परिमार्जनका लागि देशभरबाट

कांगेसले भन्यो- आपूर्तिमन्त्री फेरिए पनि नागरिकले महँगी घटेको अनुभूति गरेनन्, कडा अनुगमन गरौँ

काठमाडौं– नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीपीडितको पुनर्स्थापनाका लागि स्पष्ट