कीर्तिपुरको प्रसंग दोहोर्‍याउँदै गगनले भने- सीप र क्षमता दिए डाँडामा बसेर महिनाको दुई-तीन लाख कमाइन्छ « Khabarhub

कीर्तिपुरको प्रसंग दोहोर्‍याउँदै गगनले भने- सीप र क्षमता दिए डाँडामा बसेर महिनाको दुई-तीन लाख कमाइन्छ


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कीर्तिपुरको डाँडामा बसेर महिनाको दुई–तीन लाख रुपैयाँ आर्जन गर्न सकिने दोहोर्‍याएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार आयोजित ‘विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न-गराउन नीतिगत तथा कार्यक्रमसहितको प्रतिवेदन हस्तान्तरण’ कार्यक्रममा उनले सीप र क्षमता भए डाँडामा बसेर पनि महिनाको दुई–तीन लाख रुपैयाँ आर्जन गर्न सकिने बताएका हुन् । 

‘मैले कीर्तिपुरको डाँडा भनेपछि तपाईँ सबैलाई त्यही प्रसंग याद आउँछ । एउटा डाँडामा बसेर दुई-तीन लाख कमाउन सकिन्छ भनेर मैले भनेँ,’ महामन्त्री थापाले भने, ‘कतिलाई रमाइलो कुरा भयो । तर त्यो ड्रिम हो । सम्भव छ । एउटा व्यक्तिलाई सीप र क्षमता दियो भने त्यो सम्भव छ ।’ 

कार्यक्रममा सभापति शेरबहादुर देउवाले विपन्न वर्गको पहिचान, उत्थान र विकास गर्न–गराउन नीतिगत तथा कार्यक्रमसहितको प्रतिवेदन बुझेका थिए । उक्त प्रतिवेदनको स्वामित्व अब पार्टीले लिने महामन्त्री थापाले बताए 

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ५ : १७ बजे

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा

सरकारले आज रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं– सरकारले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी

आजको मौसम : तराईका भूभागमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल