संघीयताविरुद्ध षड्यन्त्र हुँदै छ : प्रचण्ड  « Khabarhub

संघीयताविरुद्ध षड्यन्त्र हुँदै छ : प्रचण्ड 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गरेर संघीयताविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

तराई मधेश जागरण अभियान अन्तरगत मंगलबार धनगढीमा आयोजीत समुदायसँग माओवादी संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राम्रो गर्ने र नगर्नेलाई पनि उस्तै हुन भन्ने भाष्य बनाएर व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको बताएका हुन् । 

सामाजिक सञ्जालमार्फत बनाइरहेको उक्त भाष्यबाट बुद्धिजीवीहरू समेत प्रभावित भइरहेको उल्लेख गरेका प्रचण्डले त्यसलाई दुर्भाग्यपूर्ण कुरा भनेका छन् ।

‘राम्रो गर्न खोजेको पनि उस्तै राम्रो नगर्नेहरू पनि उस्तै भाष्य नेपालमा बनाएर लोकतन्त्र, गणतन्त्र र संघीस्यताकै विरुद्ध एक खालको षड्यन्त्र भइराखेको छ,’ उनले भने, ‘कता कता हाम्रा बुद्धिजीवीहरू पनि सोसल मिडियाको भाष्यबाट प्रभावित भएर सबै एउटै हुन् । भ्रष्टाचार विरुद्ध लडाइ लड्ने पनि उही हो । भ्रष्टाचारी बचाउन लडाइ लड्ने पनि त्यही हो भन्या जस्ता भएको छ । त्यो चाँहि दुर्भाग्य पूर्ण कुरा हो ।

’उनले सुशासनको पक्षमा वातावरण बनाउन पहल गर्ने र सुशासनविरुद्ध काम गर्नेहरू उस्तै उस्तै हुन भनिएमा संघीयताको पक्षमा वातावरण कसरी बन्छ रु भन्दै प्रश्न समेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि आफूले सरकारको नेतृत्व गर्दा र प्रतिपक्षीमा हुँदा महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो ।

गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि आफूले भूमिका खेलेका बताउँदै उनले अहिले त्यसलाई रोक्ने प्रयास भइरहेको दाबी गरेका छन् । तर विश्वविद्यालय निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

संवाद कार्यक्रमलाई सम्बोधन गर्नुअघि अध्यक्ष प्रचण्डसहितका माओवादीका नेताहरूले कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका विज्ञहरूका धारणा सुनेका थिए । सो क्रममा उनीहरूले सुदूरपश्चिमको विकासका लागि भूमिका खेलिदिन आग्रह गरेका थिए भने मुलुकको समृद्धिका लागि औद्योगिकरण प्रमुख आवश्यक  भएकोमा जोड दिइएको थियो ।

माओवादीको तराई–मधेश जागरण अभियान अन्तरगत कैलाली आइपुगेका दाहालले बुधबार कञ्चनपुरको महेन्द्रनगरमा अभियानको समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ७ : ३४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर