संघीयताविरुद्ध षड्यन्त्र हुँदै छ : प्रचण्ड  « Khabarhub

संघीयताविरुद्ध षड्यन्त्र हुँदै छ : प्रचण्ड 


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै उस्तै हुन् भन्ने भाष्य निर्माण गरेर संघीयताविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

तराई मधेश जागरण अभियान अन्तरगत मंगलबार धनगढीमा आयोजीत समुदायसँग माओवादी संवाद कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले राम्रो गर्ने र नगर्नेलाई पनि उस्तै हुन भन्ने भाष्य बनाएर व्यवस्थाविरुद्ध षड्यन्त्र भइरहेको बताएका हुन् । 

सामाजिक सञ्जालमार्फत बनाइरहेको उक्त भाष्यबाट बुद्धिजीवीहरू समेत प्रभावित भइरहेको उल्लेख गरेका प्रचण्डले त्यसलाई दुर्भाग्यपूर्ण कुरा भनेका छन् ।

‘राम्रो गर्न खोजेको पनि उस्तै राम्रो नगर्नेहरू पनि उस्तै भाष्य नेपालमा बनाएर लोकतन्त्र, गणतन्त्र र संघीस्यताकै विरुद्ध एक खालको षड्यन्त्र भइराखेको छ,’ उनले भने, ‘कता कता हाम्रा बुद्धिजीवीहरू पनि सोसल मिडियाको भाष्यबाट प्रभावित भएर सबै एउटै हुन् । भ्रष्टाचार विरुद्ध लडाइ लड्ने पनि उही हो । भ्रष्टाचारी बचाउन लडाइ लड्ने पनि त्यही हो भन्या जस्ता भएको छ । त्यो चाँहि दुर्भाग्य पूर्ण कुरा हो ।

’उनले सुशासनको पक्षमा वातावरण बनाउन पहल गर्ने र सुशासनविरुद्ध काम गर्नेहरू उस्तै उस्तै हुन भनिएमा संघीयताको पक्षमा वातावरण कसरी बन्छ रु भन्दै प्रश्न समेत गरेका छन् ।

सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिका लागि आफूले सरकारको नेतृत्व गर्दा र प्रतिपक्षीमा हुँदा महत्वपूर्ण भूमिका खेलेको उनको भनाई थियो ।

गेटामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउनका लागि आफूले भूमिका खेलेका बताउँदै उनले अहिले त्यसलाई रोक्ने प्रयास भइरहेको दाबी गरेका छन् । तर विश्वविद्यालय निर्माणका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

संवाद कार्यक्रमलाई सम्बोधन गर्नुअघि अध्यक्ष प्रचण्डसहितका माओवादीका नेताहरूले कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका विज्ञहरूका धारणा सुनेका थिए । सो क्रममा उनीहरूले सुदूरपश्चिमको विकासका लागि भूमिका खेलिदिन आग्रह गरेका थिए भने मुलुकको समृद्धिका लागि औद्योगिकरण प्रमुख आवश्यक  भएकोमा जोड दिइएको थियो ।

माओवादीको तराई–मधेश जागरण अभियान अन्तरगत कैलाली आइपुगेका दाहालले बुधबार कञ्चनपुरको महेन्द्रनगरमा अभियानको समापन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ७ : ३४ बजे

उपत्यकाबाट चोरी भई फेला परेका ५० मोटरसाइकल र स्कुटर धनीलाई हस्तान्तरण

काठमाडौं–  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

पाकिस्तानमा इमरान खानको पार्टीका २७८ सदस्य पक्राउ

पेशावर- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आपत्कालीन शासन लागू गरिएपछि जेलमा रहेका

बिमस्टेक बैठकमा भाग लिने कान्छा गृहमन्त्री सुधन गुरुङ

काठमाडौँ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको

राष्ट्रसेवकले पदीय दुरुपयोग गर्न हुन्न : महानिरीक्षक कार्की

काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले जनता प्रतिको कर्तव्य पूरा

साउदी अरबमाथि हुथीको आक्रमण प्रयास, ड्रोन र ब्यालिस्टिक क्षेप्यास्त्र नष्ट

रियाद- साउदी अरबलाई लक्षित गरी प्रहार गरिएका एक ड्रोन र एक