निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ? « Khabarhub

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा ‘जारी’को झल्को किन ?


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा रहेको फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ ।

निर्माण पक्षले मंगलबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा कार्यक्रम आयोजना गरी वैशाख २६ बाट प्रदर्शनमा आउने यस फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरले गुरुङ समुदायकी युवती र काफ्ले थरका व्यक्तिको प्रेममा आधारित कथामा फिल्म बनेको प्रष्ट पारेको छ ।

म्युजिक भिडियो निर्माण गरी चर्चा कमाएको आर्टमाण्डू प्रालिको ब्यानरमा बनेको यो पहिलो फिचर फिल्म हो । फिल्मका निर्देशक र लेखक नवीन चौहना हुन् ।

निर्देशक चाहौनका अनुसार यो फिल्मको छायाङ्कन पाँचथर जिल्लामा गरिएको थियो । ट्रेलर सार्वजनिक पछिको प्रश्नोत्तरका क्रममा चौहानलाई ‘ट्रेलर हेर्दा जारीको झल्को आयो, किन ?’ भनी प्रश्न गरिएको थियो ।

चौहानले ‘जारी’ र ‘ऊनको स्वीटर’को छायाङ्कन एकै गाउँपालिकामा भएको र पूर्वकै कथा भएकाले उक्त फिल्मको झल्को आउनु स्वाभाविक भएको बताए ।

‘निर्देशनको सिर्जना र कथावस्तु जारीसँग मिल्दैन । यसमा ढुक्क हुन म आग्रह गर्छु’, उनले थपे ।

‘जारी’कै नायिका मिरुना यस फिल्ममा पनि शीर्ष भूमिकामा रहेकाले उक्त फिल्मको झल्को आएको हुन सक्ने उनले तर्क गरे ।

नायिका मिरुना मगरले भने फिल्म राम्रो बनेको दाबी घुमाउरो पाराले गरिन् । भनिन्, ‘ऊनको स्वीटरजस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेकी छु ।’

नायक विपीन कार्की भने छायाङ्कनमा रहँदा सहयोग गर्ने पाँचथरवासीलाई स्मरण गरे ।

यस फिल्ममा नायिका परीक्षा लिम्बू र एलेक्स पारस पनि मुख्य भूमिकामा छन् । उनीहरूसहित विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ र प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ८ : ४६ बजे

बिक्रीमा राखिएका जमरा

काठमाडौँ– बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका हातबाट

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी