भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन « Khabarhub

भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणविरुद्ध मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ ।

सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा परेर एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो ।

हलगाममा भएको आक्रमण निन्दनीय छ, यसले विश्वका हिन्दुमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानका संरक्षक संजय यादवले आतंकवादीहरुले नाम र जात सोधेर हत्या गरेका छन्, हिन्दुलाई छानीछानी मारेको कारण धार्मिक हिंसा भड्काउन चाहेको बताए ।

भारतको यस दुखको घडीमा नेपाल साथ उभिएको छ, नेपाली जनताले पनि भारतको साथमा रहेको बताउदै उनले यसमा एक जना नेपालीको पनि ज्यान गएको भारतले उसको परिवारलाई सम्मान दिएको र अगामी दिनमा पनि सम्मान दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ६ : २० बजे

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै

मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद

६ महिनामा आयो ३९ अर्बको प्रतिबद्धता, कृषि क्षेत्रमा देखियो लगानीको आकर्षण

काठमाडौं– नेपालमा चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिमा ३९ अर्ब बढीको

लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

काठमाडौं– प्रहरीले लागूऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरी शुक्रबार

कांग्रेस (शेरबहादुर) दलबलसहित बहादुर भवनतिर, कांग्रेस (गगन) पनि आयोगमै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्ष दलबलसहित निर्वाचन आयोगतर्फ हिँडेको