भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन « Khabarhub

भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन


१६ बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारत जम्मुकाश्मिरको पहलगाम भएको आक्रमणविरुद्ध मंगलबार जनकपुरमा प्रदर्शन गरिएको छ ।

सहिद संजय चौधरी स्मृति प्रतिष्ठान र नेपाल–भारत खुला सीमा संवाद समूहले जनकपुरमा संयुक्त रूपमा प्रदर्शन गरेका हुन् ।

वैशाख ९ गते पहलगाममा भएको आतकंकारी आक्रमणमा परेर एक नेपालीसहित २८ जनाको ज्यान गएको थियो ।

हलगाममा भएको आक्रमण निन्दनीय छ, यसले विश्वका हिन्दुमाथि प्रहार गरेको भन्दै प्रतिष्ठानका संरक्षक संजय यादवले आतंकवादीहरुले नाम र जात सोधेर हत्या गरेका छन्, हिन्दुलाई छानीछानी मारेको कारण धार्मिक हिंसा भड्काउन चाहेको बताए ।

भारतको यस दुखको घडीमा नेपाल साथ उभिएको छ, नेपाली जनताले पनि भारतको साथमा रहेको बताउदै उनले यसमा एक जना नेपालीको पनि ज्यान गएको भारतले उसको परिवारलाई सम्मान दिएको र अगामी दिनमा पनि सम्मान दिनेमा आफूहरु विश्वस्त रहेको बताए ।

प्रकाशित मिति : १६ बैशाख २०८२, मंगलबार  ६ : २० बजे

जाँचबुझ आयोगको प्रतिवेदन : यी हुन् सामाजिक सञ्जालमार्फत भ्रामक सूचना फैलाउनेहरू

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भ्रामक सूचना

युक्रेनमा व्यापक आक्रमण, कैयौँ सहरमा जनजीवन प्रभावित

मस्को – रुसले युक्रेनका कैयौँ सहरमा व्यापक र हवाई आक्रमण

जाँचबुझ आयोगको प्रतिवेदन : न्यायालय राजनीतिक चंगुलमा फस्यो

काठमाडौं– पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले न्यायालय राजनीतिक चंगुलमा

बेलायत र फ्रान्सले ‘स्ट्रेट अफ हर्मुज’ पुनः सञ्चालन गर्ने पहल गर्ने

लण्डन – बेलायत र फ्रान्सले मध्यपूर्व युद्धको सुरुवातदेखि इरानले प्रभावकारी

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

कामठाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको