पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री « Khabarhub

पत्रकार सम्मेलन गर्ने तयारीमा गृहमन्त्री


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ‘भिजिट भिसा’ प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखक पत्रकार सम्मेलन गर्ने तयारीमा लागेका छन् । प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्न नपाएपछि उनी पत्रकार सम्मेलन गर्ने तयारीमा जुटेका हुन् । 

गृहमन्त्री लेखकको सचिवालयले पत्रकार सम्मेलनको तयारी भइरहेको जनाएको छ । ‘संसदमा जवाफ दिने परिस्थिति नबनेको अवस्थामा ल्होत्से हल (संसद भवन) मा प्रेस मिट गर्ने तयारी छ,’ उनको सचिवालयले भन्यो । 

तर, पत्रकार सम्मेलनको समय भने तय भइसकेको छैन । ‘समय तोकिएको छैन,’ सचिवालयले भन्यो, ‘परिस्थिति हेरेर समयमै सूचना आउँछ ।’

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : २४ बजे

देउवाले एमाले फुटाइदिएको सम्झिँदै योगेशले भने : कांग्रेसको विभाजन दु:खद्, कुनै न कुनै उपायबाट फेरि मिलोस्

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विभाजनलाई दुःखद

एनसेलको सहयोगमा ‘क्रिएटर्‌स मेला’ तीन सहरमा आयोजना हुँदै

काठमाडौं– एनसेलले नेपालका तीन सहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग

फुटेका कांग्रेस कार्यकर्ता नाराबाजीमा उत्रिँदा कान्तिपथमा तनाव (तस्बिरहरू)

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता-कार्यकर्ता निर्वाचन आयोग अगाडि

युएनआईएसएफएमा नेपाली सेनालाई पहिलो पटक फोर्स कमाण्डरको जिम्मेवारी

काठमाडौ|-संयुक्त राष्ट्रसंघीय मिसन (युएनआईएसएफ) मा नेपाली सेनाले पहिलो पटक फोर्स

धर्ना बसेका देउवा कांग्रेसलाई नमस्ते गर्दै हिँडे गगन कांग्रेका नेता

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिकता दाबी गर्दै अहिले संस्थापक पक्ष निर्वाचन