देवघाटदेखि दामोदरकुण्डसम्म : कालीगण्डकीमा ४३१ किमि पदयात्राको तयारी (भिडियो) « Khabarhub

देवघाटदेखि दामोदरकुण्डसम्म : कालीगण्डकीमा ४३१ किमि पदयात्राको तयारी (भिडियो)


१५ जेष्ठ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीगण्डकी नदीको शीरदेखि पुछारसम्म ४३१ किलोमिटर पदयात्रा गरिने भएको छ । तराईको देवघाटदेखि हिमालको मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्म नेपाल र भारतका साधु सन्तहरुले मंसिर २२ देखि पदयात्रा गर्न लागेका हुन् ।

पदयात्रा २२ देखि २५ दिनसम्म चल्ने पदयात्राका संयोजक फणीन्द्र प्रसाद पौडेलले खबरहबलाई बताए । पदयात्राका क्रममा कालीगण्डकीमा अवस्थित चर्चित तीर्थस्थलहरुमा पूजाआजा तथा जागरणसभाहरु गरिने पौडेलले जानकारी दिए ।

प्राचीन सभ्यताको जननी मानिने कालीगण्डकी करिडोरमा पवित्र देवघाट धामदेखि मुक्तिनाथ धामसम्म रहेका छन् । त्यसैगरी केलादीघाट धाम, राम्दी धाम, ऋषिकेश धाम, रुद्रवेणी धाम, सेतीबेनी धाम, मोदीबेनी धाम, गलेश्वर धाम, कागबेनी धाम र दामोदरकुण्ड धाम यस नदी प्रवाह क्षेत्रमा पर्ने महत्वपूर्ण तीर्थस्थलहरु हुन् । साथै, यो क्षेत्र शालीग्रामका लागि समेत प्रशिद्ध मानिँदै आएको छ ।

कालीगण्डकी सभ्यताको संरक्षण, यस क्षेत्रको ऐतिहासिक महत्वको प्रचार–प्रसार एवं धार्मिक तथा प्राकृतिक पर्यटनको प्रवर्धन लागि पदयात्रा गर्न लागिएको पौडेलको भनाइ छ ।

देवघाटस्थित महेश संस्कृत विद्यापीठका प्राचार्यसमेत रहेका पौडेलले कालीगण्डकी क्षेत्रको महत्व र पदयात्राको तयारीबारे खबरहबसँग यसरी वर्णन गरे–

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ७ : ५० बजे

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : महामन्त्री पौडेल

दमौली– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम

एनपीएलका सात टोलीका लोगो अंकित एक्स्ट्रीमका ‘स्पेसल एडिसन’ क्यान सार्वजनिक

काठमाडौं – एक्स्ट्रीम इनर्जी ड्रिङ्कले नेपाल प्रिमियर लिग (एनपीएल) को

सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता

धनकुटा – धनकुटाको साँगुरीगढी गाउँपालिका–१० स्थित त्रिवेणीमा सप्तकोशी नदीमा जेटबोट दुर्घटना