देवघाटदेखि दामोदरकुण्डसम्म : कालीगण्डकीमा ४३१ किमि पदयात्राको तयारी (भिडियो) « Khabarhub

देवघाटदेखि दामोदरकुण्डसम्म : कालीगण्डकीमा ४३१ किमि पदयात्राको तयारी (भिडियो)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कालीगण्डकी नदीको शीरदेखि पुछारसम्म ४३१ किलोमिटर पदयात्रा गरिने भएको छ । तराईको देवघाटदेखि हिमालको मुक्तिनाथ हुँदै दामोदरकुण्डसम्म नेपाल र भारतका साधु सन्तहरुले मंसिर २२ देखि पदयात्रा गर्न लागेका हुन् ।

पदयात्रा २२ देखि २५ दिनसम्म चल्ने पदयात्राका संयोजक फणीन्द्र प्रसाद पौडेलले खबरहबलाई बताए । पदयात्राका क्रममा कालीगण्डकीमा अवस्थित चर्चित तीर्थस्थलहरुमा पूजाआजा तथा जागरणसभाहरु गरिने पौडेलले जानकारी दिए ।

प्राचीन सभ्यताको जननी मानिने कालीगण्डकी करिडोरमा पवित्र देवघाट धामदेखि मुक्तिनाथ धामसम्म रहेका छन् । त्यसैगरी केलादीघाट धाम, राम्दी धाम, ऋषिकेश धाम, रुद्रवेणी धाम, सेतीबेनी धाम, मोदीबेनी धाम, गलेश्वर धाम, कागबेनी धाम र दामोदरकुण्ड धाम यस नदी प्रवाह क्षेत्रमा पर्ने महत्वपूर्ण तीर्थस्थलहरु हुन् । साथै, यो क्षेत्र शालीग्रामका लागि समेत प्रशिद्ध मानिँदै आएको छ ।

कालीगण्डकी सभ्यताको संरक्षण, यस क्षेत्रको ऐतिहासिक महत्वको प्रचार–प्रसार एवं धार्मिक तथा प्राकृतिक पर्यटनको प्रवर्धन लागि पदयात्रा गर्न लागिएको पौडेलको भनाइ छ ।

देवघाटस्थित महेश संस्कृत विद्यापीठका प्राचार्यसमेत रहेका पौडेलले कालीगण्डकी क्षेत्रको महत्व र पदयात्राको तयारीबारे खबरहबसँग यसरी वर्णन गरे–

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ५० बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये