आज २०८२ साल जेठ १५ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८२ साल जेठ १५ गते बिहीबारको राशिफल


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल जेठ १५ गते बिहीबार। जेठ शुक्ल पक्षको द्वितीया उपरान्त तृतिया तिथि। तदनुसार सन् २०२५ मे २९ तारिख। गणतन्त्र दिवस। सगरमाथा आरोहण र शान्ति सेना दिवससमेत आजै परेका छन्। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। व्यापारमा साझेदारी गर्नु उचित हुनेछ। शिक्षामा ढिलासुस्ती भए पनि मिहिनेत गर्न नछोड्नु राम्रो हुनेछ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ। परिवारबाट साथ र सहयोग प्राप्त हुनेछ।

वृष : धनलक्ष्मी योग परेको छ। माया मारेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। धातुको व्यापारबाट फाइदा हुने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। तपाईंको बोलीमा सरस्वतीको बास रहेको छ। शिक्षामा प्रगति हुनेछ। सम्पत्ति आर्जन गर्ने दिन छ। निजी क्षेत्रको लगानीबाट फाइदा हुनेछ। कृषि सम्बन्धी व्यापारबाट नाफा हुने योग छ।

कर्कट : सञ्चित धन खर्च हुनेछ। राजनीतिमा धोका हुने जोखिम छ। आफ्नो भनेकै साथीबाट विरोधको आवाज सुन्नुपर्ने बाध्यता हुनसक्छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। रोजगारीको क्षेत्रमा बढुवा हुनेछ।

सिंह : आम्दानी बढ्ने योग छ। सानो कुराले मनमा खटपट बढ्नेछ। शनिका प्रभावले मन अशान्त हुनसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ।

कन्या : भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। फलफूलको व्यापारमा लगानी गर्नु उचित हुनेछ। दूधको व्यापारबाट फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा भने सचेत भएर अगाडि बढ्नुपर्नेछ।

तुला : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। तपाईंको प्रतिभाको प्रशंसा हुनेछ। विपक्षीलेसमेत तपाईंको प्रशंसा गर्नेछन्। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ।

वृश्चिक : दिन सामान्य छ। ठुलो कामको सुरुवात गर्ने समय छ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। बौद्धिक व्यक्ति प्रतिपक्षमा भएकाले नम्र भएर काम गर्नुपर्नेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

धनु : आफन्तसँग नम्र बन्नुपर्ने समय छ। तपाईंको बोलीले आफन्त टाढा पुग्ने जोखिम छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिमा घेराबन्दी भए पनि परिवारको साथ मिल्नेछ।

मकर : दिन राम्रो छ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। अप्रिय खबर सुन्नुपर्ने हुनसक्छ। स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारको साथ लिएर अगाडि बढेमा लक्ष्य पूरा हुनेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विपक्षी साथीसँग सकारात्मक सुझाव पाउने योग छ। परिवारको साथमा बस्दा शान्ति मिल्नेछ।

मीन : दिन सामान्य छ। सानो कुरामा रिस धेरै उठ्ने खतरा छ। दैनिक काम सहज भए पनि पश्चिमको यात्रा नगर्नु उचित हुनेछ। परिवारभित्र गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ५ : ०५ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको