आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै « Khabarhub

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपाली नागरिक तेन्जिक नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकेर विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । सोही दिनको स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन सगरमाथा दिवस मनाउन थालिएको हो ।

यस वर्ष पनि सरकारले विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाउने कार्यक्रम तय गरेको छ । दिवस मनाउन पर्यटनमन्त्रीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सगरमाथा दिवस मूल समारोह समिति गठन गरिएको छ ।

पर्यटनमन्त्री पाण्डेले सगरमाथा दिवसलाई भव्य रूपमा सम्पन्न गर्न सबै सरोकार भएका निकायसँग समन्वय र सहकार्य गरिएको बताए । उनले जेठ १५ गते गणतन्त्र दिवस र संसदमा बजेट वक्तव्य पनि रहेकाले उपयुक्त कार्यक्रमसँग नजुध्नेगरी कार्यक्रम मिलाइएको जानकारी दिए ।

बिहान प्रभातफेरी गरिने तथा गणतन्त्र दिवस र दिउँसो बजेट वक्तव्य कार्यक्रम सकिएपछि ‘सगरमाथा समिटर्स समिट’को आयोजना गरिनेछ ।

दिवसका अवसरमा आज बिहान कर्मचारी सञ्चयकोष ठमेलबाट विभिन्न झाँकीसहित प्रभातफेरी प्रारम्भ भई वसन्तपुरमा औपचारिक कार्यक्रममा परिणत हुनेछ । दिउँसो ‘सगरमाथा समिटर्स समिट’ कार्यक्रमको आयोजना गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कीर्तिमानी आरोहीका अनुभव आदान–प्रदानका साथै साहसिक पर्यटन प्रवर्द्धन तथा जलवायु परिवर्तनले हिमालमा पारेको प्रभाव न्यूनीकरणबारे बहस हुनेछ ।

यस्तै, विभिन्न कीर्तिमानी आरोहीलाई सम्मान गरिने कार्यक्रम छ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नेपाल पर्वतारोहण सङ्घलगायत निजी क्षेत्रका पर्यटन व्यवसायी एवं सरोकार भएकाहरूसँगको सहकार्यमा प्रत्येक वर्ष सगरमाथा दिवस मनाउँदै आएको छ ।

नेपालमा पाँच हजार ८०० मिटर माथिका एक हजार ७९२ हिमाल रहेका छन् । आठ हजार मिटरभन्दा माथिका आठ हिमाल नेपालमा छन् । यी सबैमध्ये ४६१ मात्रै आरोहणका लागि खुला गरिएका छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ६ : ४६ बजे

नेतान्याहु ट्रम्पको शान्ति बोर्डमा सहभागी

एजेन्सी – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड

दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

वालिङ– दुई वटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी

चुनावी मैदानमा चार पूर्वप्रधानमन्त्री : जोगाउन सक्लान् त विरासत ?

काठमाडौं– फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ४ जना पूर्व

सरकारमा रहेर सेवा गर्नु गौरव र जिम्मेवारी दुवै : मन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठले निष्पक्ष,

इन्दिरा रानामगरको घरमै पुगेर समर्थन गर्दै बालेन

दमक– झापा–५ का उम्मेदवार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का