एलन मस्कले तोडे ट्रम्प प्रशासनसँगको सहकार्य « Khabarhub

एलन मस्कले तोडे ट्रम्प प्रशासनसँगको सहकार्य


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


906
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी बिलिनियर एलन मस्कले राष्ट्रपति ट्रम्प प्रशासनसँगको सहकार्य छाड्ने भएका छन्। अमेरिकाको खर्च कटौती निकायका कार्यरत मस्कले सो काम छाड्ने बताएका छन्। यसै वर्ष स्थापित डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसेन्सीमा मस्क आबद्ध छन्।

हरेक वर्ष १३० काम गर्ने गरी मस्कलाई विशेष सरकारी कामदारको रूपमा नियुक्त गरिएको थियो। २० जनवरीका दिन ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गरेपछि ट्रम्पले मस्कलाई नयाँ जिम्मेवारी दिएका थिए।

मस्कले यो काम गर्ने अवसर दिएकोमा राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। उनको सामाजिक सञ्जालमा काम नलाग्ने खर्च कटौती गर्न आफूलाई जिम्मेवारी दिएकोमा सबैलाई आभार व्यक्त गरेका छन्।

ट्रम्पले ल्याएको ‘बिग ब्युटिफुल’ विधेयकमा असहमति जनाएपछि मस्कको डोगका कार्यकाल सकिएको हो। सो विधेयक मार्फत सैन्य खर्च बढाउने कुरामा उनको अनुपस्थिति भएको हो।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ७ : ०७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित