मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई « Khabarhub

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्जमा सञ्चालित मारवाडी प्रिमियर लिग क्रिकेटको उपाधि वीरगञ्ज बासर्सले जितेको छ ।

आर्दशनगर रङ्गशालामा बुधबार राति भएको फाइनल खेलमा वीरगञ्ज बासर्सले टाइटन– ११ लाई ६ विकेटले हराउँदै उपाधि हात पारेको हो ।

सुरुवाती ब्याटिङ गरेको टाइटन– ११ ले ४ विकेटको क्षतिमा १५ ओभरमा ७५ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको वीरगञ्जले ७ ओभर ३ बलमा चार विकेट गुमाएर ७८ रनको योगफल तयार पार्दै उपाधि जितेको हो ।

विजेता टोलीलाई दुई लाख ५१ हजार र प्रमाणपत्र तथा उपविजेता टाइटन– ११ लाई नगद दुई लाख रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो ।

उपाधि विजेता तथा उपविजेतालाई वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  ८ : २७ बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय