सगरमाथाको संरक्षण र प्रवर्द्धनमा संस्कृति मन्त्रीकाे जोड « Khabarhub

सगरमाथाको संरक्षण र प्रवर्द्धनमा संस्कृति मन्त्रीकाे जोड


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले विश्वको सर्वोच्च शिखर सगरमाथा संसारको गौरव भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय सगरमाथा दिवसका अवसरमा काठमाडौंको वसन्तपुरमा बिहीबार बिहान आयोजित कार्यक्रममा बोल्दै उनले सगरमाथाको संरक्षण र प्रवर्द्धनमा चेतना अभिवृद्धि गर्दै विश्वभरका पर्यटकलाई नेपालप्रति आकर्षण गर्न सरोकार भएका सबै सक्रिय भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले पृथ्वीको सबैभन्दा उच्च शिखर सगरमाथामार्फत देशको पहिचान स्थापित गर्न सफलतापूर्वक सगरमाथा संवाद आयोजना गरेर विश्व समुदायलाई सगरमाथाको देशले जलवायु परिवर्तनका कारण झेलेका समस्याबारे अवगत गराउन सफल भएको बताए । 

उनले भने, ‘सगरमाथाको हिउँ पग्लँदा नेपाल र हिमवत् खण्डलाई मात्र होइन समग्र पृथ्वीलाई नै असर गर्छ । यो नेपालको मात्र समस्या होइन भन्ने  संवाद उपयोगी रह्यो ।’

सगरमाथा दिवसका अवसरमा पर्यटकको अधिक चहलपहल हुने  ठमेलमा प्रभातफेरी आयोजना गरिएको थियो ।

प्रभातफेरीमा पर्यटनमन्त्री पाण्डे, निमित्त पर्यटन सचिव इन्दु घिमिरे, पर्यटन विभागका महानिर्देशक नारायण रेग्मी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी तथा पर्यटन व्यवसायी, पर्यटनसँग सम्बन्धित सङ्गठनका प्रतिनिधि, सरकारी कर्मचारी, सुरक्षा निकायलगायत सर्वसाधारण सहभागी थिए 
 ।

त्यसअघि नेपाल पर्यटन बोर्ड परिसरमा रहेको तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको पूर्णकदको सालिकमा माल्यार्पण गरिएको थियो ।

सन् १९५३ मे २९ मा नेपाली  शेर्पा र हिलारीले पहिलो पटक सगरमाथाको  सफल आरोहण गरेको स्मरणमा हरेक वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउने गरिएको छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १२ : ११ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै