सिफलबाट राजावादीको जुलुस, कमल थापा र नवराज सुवेदी नेतृत्व गर्दै (तस्बिरहरू) « Khabarhub

सिफलबाट राजावादीको जुलुस, कमल थापा र नवराज सुवेदी नेतृत्व गर्दै (तस्बिरहरू)


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


474
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले बिहीबार काठमाडौंमा प्रदर्शन गर्दै छन् ।

राजधानीकेन्द्रित आन्दोलनका क्रममा बिहीबार रत्नपार्कको शान्तिवाटिकामा हुने आन्दोलनमा ४५ वटा राजावादी–हिन्दुवादी दल र समूह आन्दोलनमा सहभागी हुने बताइएको छ ।

राजावादीले रत्नपार्कलाई केन्द्र बनाएर आन्दोलन निरन्तर अघि बढ्ने संयुक्त जनआन्दोलन समितिले जनाएको छ । आन्दोलनमा सहभागीलाई छातासहित उपस्थित हुन भनिएको छ । राजसंस्था र हिन्दुराष्ट्र पुनर्स्थापना तथा संघीयता खारेजी नभएसम्म आन्दोलन जारी रहने राजावादी नेताहरूले दाबी गरेका छन् ।

बिहीबार सिफलबाट कमल थापा र नवराज सुवेदी नेतृत्वमा एउटा जुलुस अघि बढेको छ । उनीहरू रत्नपार्ककेन्द्रित आन्दोलनमा सहभागी हुन हिँडेका हुन् । संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतले कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।

देश जोगाउन अवस्था र व्यवस्था बदल्नुपर्ने बाध्यात्मक परिस्थिति रहेको बताउँदै राजावादीले आन्दोलनको स्वरूप भद्र अवज्ञा र सत्याग्रह हुने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ४२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै