विपक्षीको अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न सक्दैन « Khabarhub

विपक्षीको अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न सक्दैन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान लिएको छ ।

बिहीबार बसेको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विशेष समय लिएर बोल्दै यस्तो अडान सार्वजनिक गरेका हुन् ।

‘भिजिट भिसा प्रकरणले जसरी विषयवस्तु ल्यायो त्यही आधारमा हामीले गृहमन्त्री लेखकको राजीनामा मागेका हौँ’, उनले भने, ‘हिजो गृहमन्त्रीले पत्रकार सम्मेलनमा कर्मचारीबारे जेजे विषय राख्नु भयो, ती सबै हामीले सुन्यौँ । बदमासी भए भ्रष्टाचारी कर्मचारीलाई कारबाही हुनुपर्छ । यो विषयले हामीलाई गम्भीर बनाएको छ ।’

पाण्डेले जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएकाले संसद् चलाउन विशेष व्यवस्था गरिएको बताए । ‘संविधान कार्यान्वयन गर्न हामी लागिरहनुपर्छ । आज टेबुल गर्ने विषय वस्तुका लागि मात्रै सदन अघि बढाउन दिएका छौँ’, उनले भने, ‘त्यसबाहेक अरू कुनै काममा सदन अघि बढाउन नदिने निर्णय गरेका छौँ । भ्रष्टाचारको विषयवस्तुले हामी नेपालीको शीर निहुरिएको छ। सरकारले भ्रष्टाचारलाई नरोके हामी सशक्त रुपमा अघि बढ्छौँ ।’

पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहसहितले गरेको आन्दोलनको तीव्र विरोध जनाएका छन् । उनले गणतन्त्रका लागि सबै दल एकजुट हुनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ५३ बजे

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ