विपक्षीको अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न सक्दैन « Khabarhub

विपक्षीको अडान- गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद् चल्न सक्दैन


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् चल्न नदिने अडान लिएको छ ।

बिहीबार बसेको संसद् बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विशेष समय लिएर बोल्दै यस्तो अडान सार्वजनिक गरेका हुन् ।

‘भिजिट भिसा प्रकरणले जसरी विषयवस्तु ल्यायो त्यही आधारमा हामीले गृहमन्त्री लेखकको राजीनामा मागेका हौँ’, उनले भने, ‘हिजो गृहमन्त्रीले पत्रकार सम्मेलनमा कर्मचारीबारे जेजे विषय राख्नु भयो, ती सबै हामीले सुन्यौँ । बदमासी भए भ्रष्टाचारी कर्मचारीलाई कारबाही हुनुपर्छ । यो विषयले हामीलाई गम्भीर बनाएको छ ।’

पाण्डेले जेठ १५ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता भएकाले संसद् चलाउन विशेष व्यवस्था गरिएको बताए । ‘संविधान कार्यान्वयन गर्न हामी लागिरहनुपर्छ । आज टेबुल गर्ने विषय वस्तुका लागि मात्रै सदन अघि बढाउन दिएका छौँ’, उनले भने, ‘त्यसबाहेक अरू कुनै काममा सदन अघि बढाउन नदिने निर्णय गरेका छौँ । भ्रष्टाचारको विषयवस्तुले हामी नेपालीको शीर निहुरिएको छ। सरकारले भ्रष्टाचारलाई नरोके हामी सशक्त रुपमा अघि बढ्छौँ ।’

पाण्डेले पूर्वराजा ज्ञानेन्द्र शाहसहितले गरेको आन्दोलनको तीव्र विरोध जनाएका छन् । उनले गणतन्त्रका लागि सबै दल एकजुट हुनुपर्ने पनि बताए ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  १ : ५३ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ