मनिषा कोइरालाले फेरि भनिन्, ‘हिन्दू धर्म नेपालको पहिचान, राजसंस्था राष्ट्रिय एकताको प्रतीक’ « Khabarhub

मनिषा कोइरालाले फेरि भनिन्, ‘हिन्दू धर्म नेपालको पहिचान, राजसंस्था राष्ट्रिय एकताको प्रतीक’


१५ जेठ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउड अभिनेत्री मनिषा कोइरालाले पछिल्लो समय आफूलाई कट्टर हिन्दू र राजावादीका रूपमा चिनाएकी छन् ।

खुलेरै हिन्दू धर्म र राजतन्त्रको वकालत गरिरहेकी उनले राजावादीले बिहीबारदेखि आन्दोलन चर्काउने बताइरहेका बेला त्यसलाई मलजल गर्ने गरी अभिव्यक्ति दिएकी छन् ।

कोइरालाले बिहीबार सामाजिक सञ्जालमार्फत् एक अभिव्यक्ति दिँदै नेपालमा हिन्दू अधिराज्य पुनःस्थापनाको पक्षमा स्पष्ट धारणा सार्वजनिक गरेकी छन् ।

फेसबुकमार्फत् सार्वजनिक सन्देश दिँदै उनले गणतन्त्र दिवसला ‘गहिरो आत्मचिन्तन’ को दिन भनेकी छन्। ‘म एक नेपालीको हैसियतले, जसले यो देशको पहिचान, एकता र भविष्यप्रति गहिरो माया राख्छु,’ भन्दै देशको वर्तमान राजनीतिक अवस्था र सामाजिक दिशातर्फ प्रश्न उठाएकी छन्।

कोइरालाले नेपालले ‘संसारको एक मात्र शान्तिपूर्ण हिन्दू अधिराज्य’ को पहिचान पुनःस्थापना गर्नुपर्ने बताउँदै देशलाई भावना होइन, सत्य र ईमानदारीका साथ दिशानिर्देश गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

उनका अनुसार संवैधानिक राजतन्त्रले राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता कायम गर्न सक्छ । जुन काम अहिले प्रतिस्पर्धात्मामा रहेका राजनीतिक दलहरूले गर्न नसक्ने उनको तर्क छ । उनले राजतन्त्रलाई ‘सनातन धर्म र इतिहासमा गहिरो रूपमा जरा गाडिएको संस्थागत आधार’ को रूपमा चित्रण गरेकी छन्।

कोइरालाले वर्तमान राजनीतिक प्रणालीमा फैलिएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रका मौलिक मूल्यहरूको रक्षाका लागि एक ‘गैर-राजनीतिक संस्था’ को आवश्यकता रहेको उल्लेख गरेकी छन्।

उनले अब सधैँ कुनै प्रकारको विभाजन नगई ‘राष्ट्रिय पुनर्जागरणको बाटोमा’ जान पनि स्पष्ट सन्देश दिएकी छन् ‘हामी केवल एउटा सानो गणतन्त्र होइनौँ, हामी एउटा गौरवशाली सभ्यता हौं,’ उनले भनेकी छन् । कोइरालाले नेपालीलाई आफ्ना मौलिक मूल्य र पहिचानप्रति जागरूक हुन आह्वान गरेकी छन् ।

प्रकाशित मिति : १५ जेठ २०८२, बिहीबार  २ : ३४ बजे

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक : प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री सुशीला कार्कीले विश्वविद्यालयलाई प्राज्ञिक बहसको थलो बनाउन सबै

बालेनको सक्रियताले वैकल्पिक शक्तिलाई मिल्न दबाब, यस्ता छन् जटिलता

काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वैकल्पिक शक्तिहरूसँग